Mero Sabda

सीताहरण


(कथा)

  – दुर्गा विनय

“तिमी तयार छौ त ?” कालोकफीको पहिलो घुट्की निलेपछि रघुवीरको प्रश्न थियो मलाई । उसको आँखा भने कफीको कपमै अल्मलिइरहेको थियो ।
“यस्तो अभिनय गरौं कि लागोस् साँच्चै नै यिनीहरु पात्र बाँचिरहेका छन् ।” मैले पनि खल्लो कफी सुरुप्प पारेर भनें । कफी किल्किलेमै पुगेछ, एकछिन् खोकेर हुरुक्कै भएँ ।
“यत्ति धेरै जोसिएको पनि ठीक हैन । कफी सर्केर मृत्यु भन्ने खबर बन्न नपरोस् ।”
“लोल” अहिलेको जमानामा को हाँसिरहन्छ र । थोरै समयमा धेरै काम गर्नुछ । लोल भनिदिए हाँसेको बुुझिहाल्छन् नि ।
मेरै कोठाको एउटा कुनामा हामी बसेका थियौं । सानो ¥याकमा विभिन्न किताबहरु सजिएर नेपथ्य बनेका थिए । हामी तिनीहरुकै अघि गफिंदै थियौं ।
रघुले वाफ उड्दै गरेको कफीको कपलाई टेबुलमा राख्यो । टेबुलबाट पाँच÷सात पेजमा लेखिएको पटकथालाई आफ्नो हातमा उभ्यायो ।
“आफ्नो डायलगहरु त याद गरिसक्यौ नि ?”
“छैन नि । तेतीछिटो कसरी याद गर्न सकिन्छ र ? समय लागिहाल्छ नि ।”
काठमाडौको मौसमको भर कसैलाई हुँदैन । अलि अघिसम्म घाम लागिरहेको तर एकैछिन्मा कालो बादल मडारिएर चिसो बतास चल्न थाल्यो ।

घर जान ढिलो भयो भनेर आत्तिरहेको रघुलाई मौसमले केही अरुबेर बस्न बाध्य बनायो । हुन त मलाई केही आपत्ति छैन, बरु अरु रमाइलो लागिरहेको छ । उसँग समय जति बढी बित्यो त्यति रमाइलो लाग्छ मलाई ।
“यो अलिक छोटो सिन भएन र ? अलिक लामो नाटक गर्न पाएको भए रमाइलै हुन्थ्यो ।”
“यो एकाङ्की हो नि त । पछि यसैलाई तन्काएर नाटक बनाउला नि ।”
हामी दुई जना मात्र कलाकार थियौं एकाङ्कीमा । कथामाथि ‘न्याय’ नहोला भन्ने शङ्कालाई पहिलादेखि नै लागेको थियो । तर पनि रघुवीरको एकोहोरोपन र जिद्दी स्वभावले गर्दा मैले उसलाई भन्न सकिरहेको थिइनँ ।

उसैले लेखेको एकाङ्की, उसैले निर्देशन र उसैले अभिनय गरेको एकाङ्कीमा म एक सहायक पात्र मात्र थिएँ । मिल्ने भए त ऊ मोनोलग नै गथ्र्यो होला, तर कथाले एक जना महिला पात्रको माग गरेको हुनाले म यता झुल्कन पुगें । किनभने उसले अरु कोही भेटेन त्यो पात्रको लागि ।

रघु र मेरो पहिलो भेट दुई वर्ष अघि भएको थियो ।
हामी एकै दिन कलेज भर्ना हुनआएका थियौं । ऊ गाउँबाट सिधै कलेज भर्ना हुनआएको रहेछ ।
“त्यस दिन म नाइट बसबाट ओर्लेर सिधै कलेज आएको थिएँ, एड्मिसन हुन ।” निकैपछि कुरै कुरामा उसले हामी साथीहरुलाई भनेको थियो । म पनि त्यस दिन कलेज भर्ना हुनगएकी थिएँ, तर उसले मलाई देखेको रहेनछ । असिन¬–पसिन भएर ऊ कलेज आइपुगेको थियो त्यस दिन । नाइट बसमा रातभरि मडारिएको लुगामा मुजैमुजा देखिन्थ्यो भने ऊ पसिनाले परैबाट अमिलो गन्हाएको थियो ।
मेरै छेउमा आएर उसले एड्मिसन फर्म भरेको थियो । ऊ साहै्र गन्हाएकोले म अलिक पर सरेको थिएँ नाक खुम्चाउँदै ।

दृश्य १

(चुलोमा दाउरा ठेल्दै गरेको हुनुपर्ने । धुँवाको व्यवस्था गरिनेछ । आगो बालिने छैन, राता¬े–पहेंलो रंगको कपडालाई मुन्तिरबाट हावा लाइनेछ, आगोको लप्कोजस्तो अभिनय गराउन ।)

आज स्वामीले ल्याउनु हुने त्यो सुनौलो हरिणलाई के गर्ने होला ? त्यो हरिणको शरीरमा बग्ने रगत हाम्रो जस्तै छ कि सुनको धारो होला ! (सोचे जस्तै अभिनय पनि गर्नुपर्ने । नेपथ्यमा यी वाक्य गुञ्जायमान हुँदा सोचमग्न भएर दाउरा चुल्होमा ठेल्दै गरेको हुनुपर्ने ।) तर आजमलाई किन यसरी कसैको प्राण हरण गर्न मन लाग्यो । यत्तिका वर्ष भयो जंगलमा बसेको, कन्दमुल खाँदा भएको थियो । किन मैले हरिण मार्न लगाएँ ? आज मलाई किन एक्कासी कसैको प्राण हरण गर्ने इच्छा भयो ? (पाश्र्वमा मधुरो आवाजमा मनको कुरा बजेको सुनिएपछि पात्रले सोचेको अभिनय गराउन, अनुहारमा सोचेको अभिनय देखिनु पर्ने)

आप्mनै कोठामा एकाङ्की पढिरहेको थिएँ । तर यति पढेपछि चितवनमा खाएको मृगको मासुको स्मरण इन्द्रियहरुले गरे ।

(क)
कलेज परीक्षापछि तीन–चार दिन विदा थियो । सबै साथीहरु चितवन जाने निर्णय ग¥यौं । निकै संकोच मानेर बुबाले चितवन जाने अनुमति दिनुभयो ।
बुबाले चार हजार रुपैयाँ दिंदै “रमाइलो गरेर आउनु” पनि भन्नु भयो । बुबाले मान्नु हुन्न होला भन्ने लागिरहेको थियो । तर एकै प्रश्न नगरी पैसा अनि अनुमति दिनु भयो । उहाँलाई पनि सायद ममाथि पूर्ण विश्वास र गर्व छ होला, सीतापिता जनकलाई भए जस्तै ।
हाम्रो ग्रुपमा जनक र म मात्र विजोडी थियौं । अरु सब गलफ्रेण्ड÷व्वायफ्रेण्ड जोडी भएर नारिएका थिए ।

बिहानै काठमाडौंबाट हिंडे पनि ट्राफिकजामले गर्दा हामी साँझ मात्र चितवन पुग्यौं । लामो यात्राले गर्दा गलेर पुगेका थियौं । अलिकति खाना खाएर म त निदाइहालेछु । साथीहरु भने बियर खान थालेछन् ।
भोलिपल्ट दिउँसोतिर “टाउको दुख्यो” भन्दै अल्छी मान्दै उठे सबै ।

“राति तैंले रघुलाई देख्नु पथ्र्यो ।” राधिकाले पत्याउनै नसकेको कुरा गरी । कडा ब्लाककफीको चुस्की लगाई “ह्याङओबर” भगाउँछ भनेर । “अर्कै रघु थियो हिजो हामीसँग । एक दुई ग्लास खाइन्जेल त चुप नै थियो । त्यसपछि त पूरै एग्रेसिभ । कुरा पनि कस्तो–कस्तो गर्न थालेको थियो । म त छक्कै परें ।”
राधिकाको कुरा मैले पत्याउनै सकिन । “हो र ? कस्तो कुरा ग’रो त ?”
“अरु बेला जस्तो थिएन के । चुपचाप बस्ने, प्रतिवाद नगर्ने, तर्क नगर्ने ।”
“अल्कोहल ब्रिंग्स द गुड आउट अफहिम देन ।” रक्सीले उसको राम्रो पक्ष निकाल्दोरहेछ भनेर म हाँस्न थालें ।
“जानिस्, अरु बेला पनि त ऊ ठीकै छ नि ।”
त्यो दिनभरि नै हामीले रघुलाई देखेनौं । साँझमा आयो । बस्यौं, गफ ग¥यौं । अघिल्लो रात पहिलोपटक रक्सी खाएको र आपूm पूरै मातेको स्वीकार्यो । सबैले ठीक छ भन्यौं । वातावरण सहज भयो ।

(ख)
एकाङ्कीमञ्चन गर्न दुई हप्ता मात्र बाँकी थियो । मलाई अझैसम्म आप्mनो डायलगहरु याद भइसकेका थिएनन् । मलाई यो झ्याउ छोडिदिउँ कि भन्ने पनि लाग्न थालेको थियो । यही एकांकीले गर्दा रघुसँग धेरै समय बिताउनु पनि परिरहेको थियो । ऊ मन नपर्ने त हैन । तर मन परी पनि हाल्ने खालको मान्छे छैन ।
बोल्दा–बोल्दै हराउँछ आफैंमा ।
“यो एकांकी गर्नैपर्ने हो रघु ?” एक दिन रिहर्सल गर्दैगर्दा सोधें ।
“….” केही बोल्न खोज्यो तर बोलेन, मलाई हेरिरह्यो । “किन सोध्यौ ?”
“हैन, त्यसै सोधेको ।”
“निकै ढिला भइसक्यो । हामीले अहिले गर्दिनँ भन्न मिल्दैन । जस्तो हुन्छ गर्नुपर्छ ।” फेरि रिहर्सल सुरु गर्यौं ।

दृश्य २

खाना पकाउनै लाग्दाको दृश्यः
देवर लक्ष्मणले किन घरबाहिर मेरो लागि सीमा साँधेका होलान् । एक नारी आप्mनो सुरक्षा आपैm गर्न सक्दिनँ भन्ने लागेर हो ? ऋषिमुनिहरुको जुगमा पनि महिलालाई ससम्मान किन नहेरिएको होला । दर्शकदिर्घातिर फर्केर सीताले अभिनयभावका साथ बोल्नुपर्ने ।

पढ्दै गर्दा मैले आप्mनै घरको अवस्था सम्झन पुगेछु । दिदी रूपाको उसकै कलेजको केटा रमेशसँग प्रेम रहेछ । हामीलाई निकै पछि मात्र थाहा भयो । दाजुले थाहा पाउनु भएछ । दाजुको साथीहरुले उनीहरुलाई काठमाडौ मलमा फेब्रुअरी १४ मा सँगै देखेछन् । दाजुले त्यसै साँझ दिदीलाई पिट्नु भयो । बुबाले¬–आमाले पनि दाजुलाई ‘नपिट’ भन्नुभएन । साह्रै नै भएपछि मैले दाजुलाई रोकें । “मार्ने भए चट्टै पारिहाल्नु नि ।” ममा त्यत्रो आँट कहाँबाट आयो ? आज पनि भन्न सक्दिनँ । सबैले मलाई छक्क परेर हेरे । दाजु रिसले कामिरहेका थिए । मैले चुपचाप कुटाइ खाइरहेकी दिदीलाई कोठामा लिएर गएँ । दिदीलाई भोलिपल्ट अस्पताल लग्यौं ।
लगत्तै अष्ट्रेलियाको पीआरधारी केटो खोजेर दिदीको बिहे गरिदिनु भयो । दिदीलाई अनि अष्ट्रेलिया पठाइयो । अहिले पनि हामी आपूmले छानेको केटोसँग बिहे गर्न सक्दैनौं । अहिले पनि छोराहरु सरह स्वतन्त्र भएर हिंडडुल गर्न सक्दैनौं । झन् सीताहरुको समय कस्तो थियो होला । एउटा देवर÷भाइ÷छोराले भाउजू÷दिदी÷आमाहरुको स्वतन्त्रताको निर्णय गर्छन् ।
दिदी फेसबुकमा अष्ट्रेलिया घुमेको फोटो हाल्छिन् तर उनको अनुहारमा म अझै पनि खुशी देख्दिनँ । उनको अनुहारको त्यो आभा÷ज्योति स्वाट्टै हराएर गयो । मधुरो देख्छु सँधै ।

कति स्वतन्त्र थिएँ मिथिलामा । नीतिशिक्षा, युद्धकलामा मलाई कुनै भेद भएको थिएन । सबै कुरामा अब्बल भएता पनि आज म यहाँ यस युगका लेखकको कठोर कलमको नीवमा कैद छु । एउटा लक्षमणले बाँडको टुप्पोले कोरेको धर्को पछिल्तिर मैले आपूmलाई सुरक्षित ठानेर बस्नु परेको छ । चार भित्ताभित्र । हामी महिलाहरुले कहिले स्वतन्त्र हुन पाउने ? कहिले हामीले काँधमा काँध मिलाएर पुरुषहरुसँग हिंड्न पाउने ?
तिमी सुन बाल्मिकी, तिम्रो कलम विरुद्द उठ्ने छौं नयाँ रामायणका हामीहरु । फेरि जनकहरुले लाचार भएर छोरीहरुको लागि स्वयंबर बोलाएर बलशालीको जिम्मा लाउनुपर्ने छैन । परिस्थितिलाई दोष दिएर फेरि दशरथहरुले मनपरी बिहे गर्न पाउने छैनन् ।

छाती ढक्क फुलेर आयो । सीताको विद्रोहमा मैले आप्mनै असन्तुष्टिहरु बोलेको सुने । कुनै समय मलाई नै पनि मेरो इच्छा विरुद्ध परिवारले बिहे गरेर पठाइदिने छन् ।
अस्ति भर्खर मात्रै एउटा अधबैंसे मान्छे विहेको कुरा लिएर घर आएको थियो । फुपूको आप्mनै मान्छे अरे । डिभी परेर अमेरिका भासिएको थुप्रै वर्ष भइसकेको । कपालले तालु छाडिसकेको थियो । निधार बढेर निकै माथि पुगिसकेको । साह्रै लुकाउन खोजेता पनि पेट लुक्न मानिरहेको थिएन । हातका रौंहरु फुल्न थालेका, दाह्री–जुँगा पनि तिलचामल हुनथालेका ।
“केटाकेटीलाई एकछिन् एकान्तमा छाडिदिउँ” भनेर सबैले हामीलाई एउटा कोठामा पठाइ दिए । त्यस दिनसम्म मलाई आमाबुबाले खुशीसाथ कुनै केटासँग एकान्तमा छाडिदिएका थिएनन् । समाजको÷परिवारको दोग्लोपना बुझे पनि केही गर्न सकिने हैन ।
“केही छ सोध्न मनलागेको तिमीलाई ?” हातमा लगाएको सलमानखानवाला ब्रेसलेट खेलाउँदै सोध्यो ।
“यो उमेरसम्ममा किन बिहे नगर्नु भएको ?”
“व्यवहारले गाँजेर समयमै बिहे गर्न पाइनँ ।” धेरै अन्कनाएर बोल्यो ।
“गलफ्रेण्ड त थुपै्र थिए होलान् अमेरिकामा, किन नेपाल नै आउनु भयो त ?”
“थिएनन ।” निकैबेर चुप लाग्यो अनि मलाई अनौठो हे¥यो । मेरो प्रश्नले सायद रिस उठेको हुनुपर्छ । उसको अमेरिकन भनेपछि मानिहाल्छन् भन्ने अहम्लाई ठेस पुगेको हुनुपर्छ ।
ऊसँग मेरो बिहे भएन । “के भनिस्, यति राम्रो केटो आएको थियो” भनेर बा, आमा, दाजुले कराइरहनु भयो । म चुपचाप नै बसें । तर खासमा उसले समयमै बिहे गरेको भए, मभन्दा एक–दुई वर्ष कान्छो त उसको नानी नै हुन्थ्यो होला । म सम्बन्ध खोजिरहेको थिएँ– ससम्मानवाला सम्बन्ध । डिभी अथवा पीआर हैन । त्यो सम्बन्ध म बिस्तारै रघुवीरमा देख्न थालेको थिएँ ।

(ग)

मैले एकाङ्की गर्न लागेको कुरा दाजुले थाहा पाउनुभएछ । “तँलाई कलेज पढ्न पठाएको हो, चटक देखाउन हैन” भनेर गाली गर्नु भयो । मैले कलेजको वार्षिक महोत्सवमा भाग लिनलागेको हो “चटक” देखाउन लागेको हैन भनेर प्रतिवाद गरें । बुबाले धेरै कन्ट्रोल गर्नु हुन्न भनेर दाजुलाई हपार्नु भयो ।
“अहिले खुला छाड्नु, दिदी जस्तै यसले पनि नाटक देखाउन थालेपछि मलाई नभन्नु” भन्दै हुर्रिएर हिंड्नु भयो दाइ । हाम्रो घरमा आमा–बुबा भन्दा दाजुको धेरै हैकम चल्न थालेको थियो ।

रघुविर
छ महिना हुन लाग्यो वार्षिकोत्सव सकिएको र सँगै एकाङ्की पनि । यस बीचमा जानकीको बिहे बेल्जियममा बस्ने एनआरएनको छोरासँग भइसकेको छ ।
कलेजको वार्षिकोत्सवमा एकाङ्की देखाउने खास कुनै योजना नै थिएन ।
वार्षिकोत्सव आयो । मैले र जानकीले एकाङ्की मञ्चन पनि ग¥यौं । सोचे जस्तो राम्रो त भएन । तर प्रेजेन्टएबल नै भयो ।
अचेल पनि कहिले काहीँ त्यो एकाङ्कीको पुरानो पाण्डुलिपी पल्टाएर हेर्छु । त्यसको रचनागर्भले तानिहाल्छ । पु¥याउँछ मलाई त्यसले विगतमा, जहाँ म महसुस गर्थें ऐठन र अन्धकार मात्रै ।
झापाबाट हुर्रिएर काठमाडौं आइपुगेको थिएँ पढ्न ।
किन ?
किनभने झापामा मेरो पढाई सम्भव हुने सम्भावना न्यून हुँदै गएको थियो ।
पिताको दुई परिवार थियो । हामी एक, अनि हाम्री सानीमाको एक । म पिताको जेठी श्रीमतीको पहिलो सन्तान । नाम पनि रघुवीर नै राखिदिए । मेरो एउटा भाइ छ । ऊ अहिले दुबई लागिसकेको छ ।
सानीमाको पनि दुई छोरा ।
बिहे गरेको निकै वर्षसम्म मेरो मातापिताको सन्तान भएनन् अरे । पूजापाठ जति गरे पनि केही उपाय लागेन छ । एकदिन गाउँघरमा घुम्दै आउने देशीसाधुले “यो श्रीमतीबाट तेरो सन्तान हुँदैन अर्को बिहे गर” भनिदिएछ । हाम्रो पिताजीलाई त्यो उपाय राम्रै लागेछ । ससुरालीमा छलफल गरेर हुर्किएकी साली बिहे गरेछन् ।
शुरुमा त दिदीबहिनी मिले जस्तै थिए रे । तर साँझ परेपछि– रातपरेपछि श्रीमान्लाई बाँढ्नु पर्ने कुराले घरमा तनाव ल्याएछ । छिमेकीहरुलाई रमाइलो एकाङ्की देखाए रे हाम्रा बा—आमाहरुले ।
“लु यसरी त नहुने र’छ” भनेर बाले मूलघर छेउमा अर्को अलि सानो तर चिटिक्क परेको घर बनाउन लगाएछन् । “आजदेखि कान्छी यस घरमा बस्छे । जेठी त्यो घरमा ।” भनेर घर झगडा मिलाउन खोजेछन् ।
त्यसरी उद्घोष गरेको दश महिनामा म जन्मिएछु । म जन्मिएपछि पूरै गाउँ अनि ससुराली, आमाहरु सबै छक्कै परेछन् । “यसले दुबै हातमा लड्डु पार्ने काइदा गरेछ” भनेर बाका छिमेकी सहपाठीले गिज्याउन थालेछन् । बा जुँगामा ताउ लाउँदै हास्नु हुन्थ्यो रे ।
“ज्वाइँले गेजु गरे” भनेर ससुराली रिसाएका थिए रे निकै वर्ष ।
श्रीमतीहरु पनि रिसाएका थिए रे । फकाउने क्रममा अरु दुई छोरा खुरु–खुरु जन्मेछन् । कान्छो चंै फाउमा आको भन्नुहुन्थ्यो सानीमा निकै पछिसम्म पनि । “फाउ” भन्ने कुरो मैले अझै बुझिसकेको छैन ।
यसरी दुई आमाबाट हामी चार भाइको जन्म भयो । “बूढोले गेजु गरेर फसाए” भत्रे कुरा बुझिसकेपछि दिदीबहिनीले पनि शीतयुद्धलाई टुङ्गाउनु भएछ । हामी चार भाइलाई एकै आमाका सन्तान सरह व्यवहार गरेर हुर्काइयो । कहिल्यै पनि दुई आमाका छोराहरु भन्ने अनुभव हुन दिइएन ।
बिना कुनै तनाव दुई परिवार चलेको देख्दा बा पनि गजक्क परेर तम्बाकु खाँदै बस्नु हुन्थ्यो रे । एक दिन लामो सर्को तात्रे हुँदा धुँवा सर्केर आँखा पल्टिएछन् । त्यसपछि हामी चारबाट पाँचहुने सम्भावना लगभग खत्तम भयो ।
घरमा आमा प्रायः रामायण पाठ गर्नु हुन्थ्यो । मलाई अघिल्तिर बस्न लाउनु हुन्थ्यो, अरु भाइहरु कोही बस्थे, कोही बस्न रुचाउत्रथे । तर मलाई अनिवार्य जस्तै नै थियो । आमाले मलाई रामायणका श्लोक कण्ठस्थ पारेर सुनाउनु हुन्थ्यो । रामको चरित्रको व्याख्या गर्नुहुन्थ्यो ।
आफ्नो माता–पिता प्रति कर्तव्यनिष्ठ सन्तान, भाइहरु प्रति दयालु । “तँ पनि भाइहरुलाई माया गर्नु” मलाई अघिल्तिर राखेर श्लोकवाचन गर्नुको ध्येय त्यो नै थियो सायद ।
मलाई भने रामको चरित्र ठीक लाग्न छाडेको थियो । आफ्नो हक–अधिकारको लागि लड्न नसक्ने । बाह्र वर्षको लागि वनवास जाने । अपहरणमा परेकी श्रीमतीलाई बचाएर ल्याउने अनि एउटा जाबो धोबीको कुरा सुनेर त्यागिहाल्ने त्यस्तो पनि हुन्छ ? बरु मलाई रावण ठीक लाग्यो ।
आमाले एक दिन लङ्काको वर्णन गर्नुभयो । पुगेरै आए जसरी । रावणले लङ्कालाई सुनैसुनले भरेको थियो रे । सम्पत्र बनाएको थियो रे ।
“लङ्कामा सुन छ, यता आपूm बुच्चै” । वर्णनको सार अन्तिममा यस्तो रह्यो । आमाको भन्दा सानिमाको सुन धेरै थियो । सानो तर चिटिक्क परेको घरतिर कर्के आँखा लाउँदै आमा भन्ने गर्नुहुन्थ्यो ।

पिताजीको अवसानपछि हाम्रो आयस्रोत खेतीपाति नै थियो । धान फलायो खायो । तरकारी फलायो खायो । मकै फलायो खायो । बाँच्नलाई ठिक्क हुने जति थियो । जोगाउने कमाउने उपाय नास्ति ।
गाउँघरका भुराभुरीलाई ट्यूसन पढाएर जसोतसो दशसम्म पढें । तर मेरा भाइहरु लण्ठु थिए । उनीहरुलाई पैसाको व्यवस्था गरिदिंदा पनि पढ्न सकेनन् । सानैमा मलेसिया, साउदी, दुबई जाने सपना बुत्र थाले । मलाई पढ्नु थियो । खाडीको ताता घाममा पेलिनु थिएन ।
त्यसकारण जे त हुन्छ भन्ने आँटले दशको रिजल्ट अनि जोगाएको केही थान हजार बोकेर काठमाडौं हानिएँ ।
अहिले पनि यही खाल्डोमा छु । दशसम्मका विध्यार्थीलाई प्राइभेट ट्यूसन दिन्छु । त्यसले कलेजको फी अनि खान–बस्न सहयोग गरेको छ । भविष्य पनि राम्रै होला ।

जानकीको भविष्य उज्ज्वल होस । नमस्कार ।

रघुविर ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।