२०७८ असोज ८ शुकर्बार
Mero Sabda

ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु


शनिश्चरे, १७ असोज । पूर्वी नेपालको साविक मेची अंचल क्षेत्रको पर्यटन विकास, व्यक्तिगत स्वास्थ्य तथा पर्यावरण संरक्षणमा जोड पुगोस् भन्ने उद्देश्यले असोज १७ गतेदेखि ताप्लेजुङको सुकेटारबाट साइकल यात्रा शुरु भएको छ । तेह्र जना साइकल यात्री सहभागी उक्त यात्रा विर्तामोडमा आएर टुङ्गिने आयोजकले बताएको छ ।

यात्राका संयोजक योगेन्द्र थापाका अनुसार यात्रा शुरु भएको पहिलो रात पाँचथर, दोस्रो इलाम बास बसेर झापा पुग्ने योजना रहेको बताउनु भयो । विपत्ति आइपरेन भने १९ गतेसम्म झापा पुग्ने योजना रहेको उहाँले जानकारी गराउनु भयो ।

पहाडबाट नै यात्रा शुरु गर्ने बारे स्पष्ट पार्दै संयोजक थापाले ‘हाम्रा पहाडहरु पनि साइकल यात्राका लागि सहज भइसके भन्ने सन्देश दिनु पनि रहेको’ बताउनु भयो ।

यात्राका लागि सहभागीहरु साइकल सहित १६ गते नै सुकेटार पुगेको थिए । कोरोना कहरलाई मध्यनजर गर्दै यात्रा शुरु गर्नुभन्दा अगि यात्रीहरुले सुकेटारको डाँडामा आआफ्नो टेन्ट टाँगी बासको व्यवस्था गरेको आयोजकले बताएको छ । यस यात्राभरि बासको व्यवस्था भने उनीहरुको आआफ्नो टेन्टमा नै हुनेछ ।

नेपाल लिङ्स प्याडलको आयोजना तथा सिटी सेन्टर विर्तामोडमा अवस्थित जाइन्ट साइकलको आधिकारिक बिक्रेता हिमालय माउण्ट वाइक्सको संयोजनमा भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।