२०७८ असोज ८ शुकर्बार
Mero Sabda

लेखक संघको डा. केसीका मागप्रति ऐक्यवद्धता


विर्तामोड, १८ असोज । सत्याग्रही चिकित्सक डा. गोविन्द केसीको उन्नाइसौं सत्याग्रहलाई नेपाली लेखक संघले ऐक्यवद्धता जनाउँदै आइतवार एक विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष श्रवण मुकारुङद्वारा जारी विज्ञप्तिमा ‘स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवालाई सर्बसुलभ र गुणस्तरीय बनाउन डा. केसीले उठाएका मागहरुप्रति ऐक्यवद्धता जनाउँदै यथाशिघ्र वार्ता गरी उहाँको जीवन रक्षा गर्न नेपाली लेखक संघ जोडदार माग गर्दछ’ भनिएको छ ।

विज्ञप्तिमा ‘एउटै मागका लागि एउटा सत्याग्रहीलाई पटक पटक अनसन बस्न वाध्य बनाइनु लोकतन्त्रका लागि लज्जाको विषय हो’ भनिएको छ । प्रजातन्त्रप्रति आस्थावान् लेखकहरुको छाता संस्थाद्वारा जारी विज्ञप्तिमा ‘आफैले गरेका सम्झौता आफै उल्लंघन गर्ने प्रवृत्तिले सरकारप्रतिको आमनागरिकको विश्वास टुट्दै गइरहेको छ’ भनिएको छ ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका विषयलाई लिएर डा. केसीको अनसनप्रति सरकारले सहमति जनाउँदै विभिन्न चरणमा मागहरु कार्यान्वयन गर्ने सहमति जनाए पनि अनसन समाप्ति पश्चात् कार्यान्वयनका पक्षमा भने गम्भीर बन्ने गरेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।