२०७८ असोज ८ शुकर्बार
Mero Sabda

बलात्कार र एसिड आक्रमणको विरुद्धमा किशोरीहरुको प्रदर्शन


शनिश्चरे, २२ असोज । बलात्कार तथा एसिड आक्रमणको विरुद्धमा झापाको अर्जुनधारा नगरपालिकामा किशोरीहरुले विरोध प्रदर्शन गरेका छन् । झापाका विभिन्न स्थान र सुनसरी समेतबाट सहभागी किशोरीहरुले उक्त प्रर्दशन गरेका हुन् ।

प्लेकार्ड र व्यानर सहित शनिश्चरे बजार परिक्रमा गरेको ¥याली देवकोटा चौकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा समुदाय प्रहरी साझेदारीको व्यानर लिएर प्रहरी चौकी शनिश्चरेका प्रहरीहरु समेत सहभागी भएका थिए ।

बलात्कार र एसिड आक्रमणबाट मारिनेहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै दीप प्रज्जवलन गरिएको थियो । कार्यक्रममा महिला हिंसाका विरुद्धमा तनुजा बाँस्तोला र प्रजिता विश्वकर्माको कविता वाचन समेत गरेका थिए । विरोध कार्यक्रमको आयोजना मेरो शब्द डट कमकी सहसम्पादक ओसिन राज्यलक्ष्मी भट्टराईले गरेकी थिइन् ।

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।