Mero Sabda

कुशेडाँडामा ‘प्रकृतिसँग साहित्य’


शनिश्चरे, १ कार्तिक । वडादशैंको उपलक्ष्य पारेर घटस्थापनाको दिन पदमार्ग तथा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको चुलाचुली– १ मा पर्ने कुशेडाँडामा ‘प्रकृतिसँग साहित्य’को नारा राखेर मैत्रीपूर्ण सिर्जना बाचन कार्यक्रम सम्पन्न भएको छ । फाल्गुनन्द टोल विकास संस्था, चुलाचुलीको आयोजना तथा सोही वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण)को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्ष ध्रुव लावतीले गर्नुभएको थियो । विशेष अतिथिहरुमा चुलाचुली गाविस अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, बरिष्ठा साहित्यकार खेम नेपाल, कृष्ण बराल, काजीमान राई लगायत रहनु भएको थियो ।

विवश बलिभद्र कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा मुनाराज शेर्मा, लीला अनमोल, देवान किराती, कृष्ण उदासी, विराट अनुपम, विराट किराती, वीरध्वज शिवा, ाजकुमार सुब्बा, मौसम साम्पाङ लगायतले आआफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुभएको थियो ।

सोही कार्यक्रममा तिलक राईको नयाँ कृति ‘सिउँडीको फूल’ तथा अर्का सर्जक हिमाल सुब्बा ‘गुराँस’को नयाँ कृति ‘सिर्जनाका फूल’ विमोचन गरिएको थियो ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।