Mero Sabda

अमेरिकाका दीप अब्राहम लिङ्कन


– अश्रु अविरल

दासप्रथाले ग्रसित अमेरिकाको सङ्कुचित समाज परिवर्तन गर्नको लागि सराहानिय कदम चाल्ने साहसी व्यक्ति अब्राहम लिङ्कन थिए । उनी मानवताका हिमायती पनि थिए । बालिका थपलियाद्वारा लिखित उनको जीवनी नेपाली भाषामा बजारमा आएको छ । यसलाई पॉचपोखरी प्रकाशनले प्रकाशित गरेको हो । यस अघि बालिकाका ‘नेलसन मण्डेला’ र ‘हेलेन केलर’ गरी दुई वटा जीवनी कृति प्रकाशित भइसकेका छन् ।

सङघर्ष गरेर जीवनमा सफलता प्राप्त गरेका व्यक्तिको जीवनीले पाठकहरुमा ऊर्जा थपोस् भन्ने लेखकको उद्देश्य हो । बाल्यकालमा आमा गुमाएका र राम्ररी अध्ययन गर्न नपाएका अब्राहमले कसरी हिम्मतको काम गरे र राष्ट्रपति बन्न सफल भए ? यो किताब पढेर थाहा पाउन सकिन्छ । दुख र अभाव उनका साथी थिए । जसले उनलाई नबिर्सिने पाठ सिकाए । उनको एउटा भनाइ बहुचर्चित छ ‘प्रजातन्त्र, जनताको, जनताको लागि र जनताद्वारा गरिएको शासन हो ।’ अब्राहम लिङ्कनको जीवनमा आधारित किताबहरु पहिला पनि नेपाली भाषामा नआएका त होइनन् । तर अन्य कृतिमा नऑटेका प्रसङ्गलाई आफूले लेखेको कृतिमा समावेश गरेको बालिका बताउ‘छिन् ।

अमेरिकाका सोह्रौं राष्ट्रपति लिङ्कन मानवतावादी छवि भएको नेताको रुपमा संसारभर चिनिएका छन् । उनी मानवले मानव प्रति गर्ने भेद्भाव र असमानताको विरोधी थिए । दासप्रथाको उन्मुलनको लागि उनले खेलेको भूमिका स्मरणीय छ । विश्वभरिका पुस्ता–दरपुस्ताले नबिर्सिने नाम हो अब्राहम लिङ्कन ।

लिङ्कनको समयमा अमेरिकामा दासप्रथाले जरा गाडेको थियो । दासहरुलाई किनबेच गरिन्थ्यो । उर्बर जमीन शक्तिशाली व्यक्तिहरुको पहु‘चमा हुन्थे । लिङ्कनका बुबालाई पनि त्यो अमानवीय कार्य मन पर्दैनथ्यो । अब्राहमको मनमा उक्त निर्दयीकार्यले वितृष्णा पैदा गरेको थियो ।

जीवन चलाउनको लागि उनले धेरै पेशा अपनाए । कहिले व्यापारी भए । कहिले रेल र हुलाकमा पनि काम गरे । रेड इण्डियन प्रति गोरा जातिका मानिसले गरेको विभेदमा पनि आपत्ति जनाए । अब्राहमलाई वकालतमा पनि चासो थियो । चुनौतिको सामना गर्दागर्दै उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिसम्म भए । त्यो अवस्थासम्म पुग्नको लागि उनले धेरै जङघारहरु पार गरेका थिए ।

लेखक थपलियाको विचारमा कुनै पनि व्यक्तिको जीवनीबाट उसको व्यक्तिगत प्रसङ्ग मात्र नभएर ऊ बॉचेको परिवार, समाज र समयको बारेमा पनि जानकारी लिन सकिन्छ । जुनसुकै मानिसको जीवन आफैमा एक इन्साइक्लोपेडिया हो । जहॉ ज्ञानका अनेकन आयाम र हॉगाबि‘गा हुन्छन् । अब्राहम लिङ्कनको जीवनको बारेमा धेरैले जान्न चाहान्छन् । तर सबैमा अङ्ग्रेजी भाषा राम्रो नभएकोले पढ्न सकिरहेका छैनन् । त्यही अभावको परिपूर्ति गर्नको लागि उनले नेपालीभाषामा लेखेकी हुन् । यसले पाठकको आत्मविश्वासलाई बलियो बनाउ‘छ भन्ने उनको आशा छ । यो किताबले सङघर्ष नै सफलताको सोपान र कडी हो भन्ने पाठकलाई अवश्य पनि अनुभूत गराउनेछ ।

अब्राहम लिङ्कन धैर्यता, सहनशीलता र महानताका प्रतीक हुन् । आफ्नो छोराको प्रधानाध्यापकलाई उनले लेखेको चिठ्ठी विश्व चर्चित छ । उक्त चिठ्ठीले शिष्ट भाषामा अध्ययनको महत्व र सान्दर्भिकतालाई प्रष्टयाएको छ । जीवनोपयोगी शिक्षाको बारेमा चर्चा गरिएको छ । हरेक कठिनाइस‘ग जुध्न सक्ने लिङ्कन आफ्नो महानताकै कारण थपलियाको लेखनको रोजाइमा परेका हुनसक्छन् ।

डिभी मार्फत वा अन्य कुनै माध्यमबाट अमेरिका जान चाहाने अनगिन्ती मान्छेहरु छन् । त्यहॉको जीवनशैली सबैको आकर्षणको केन्द्रविन्दु हो । अमेरिकाको नाम लिनासाथ प्रविधि सम्पन्न ठाउ‘को कल्पना गर्छौ हामी । जहॉ कहिल्यै अ‘ध्यारो हु‘दैन् । जसलाई उज्यालो बनाउने लिङ्कन पनि एक दीप थिए । सबैको सपनाको देश अमेरिकालाई बु¤नको लागि यी महान् हस्तीलाई पढ्नैपर्छ । अहिलेको विकसित अमेरिका बनाउन उनको उल्लेखनीय योगदान छ । सफलताको लागि निरन्तरता र लगनशीलताले पथप्रदर्शन गर्छ । लिङ्कनको पुस्तकाकार जीवनीको सार यही हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।