२०७७ फागुन १७ सोमबार
Mero Sabda

भक्का व्यापारकी संस्थापक– एकादशी खवास


फोटो ः कुमार भट्टराई

एकादशी खवास, हाल अर्जुनधारा नगरपालिकाको वार्ड नं. ८, तुतवारीमा बस्छिन् । उनले शनिश्चरे बजारमा भक्का बेचेको झण्डै चालिस बर्ष नाघ्यो । अर्जुनधारा नगरपालिकामा नै यसको व्यापारको थालनी गर्ने तीन जना मध्ये एकादशी खवास एक हुन् । अर्थात् यस व्यापारको संस्थापक हुन् यस क्षेत्रकी । बर्षौंदेखि उनको हातको भक्का खानेहरुले उनलाई ‘हाम्री भक्कावाल्नी दिदी’ पनि भन्ने गरेको सुनिन्छ । थारु समुदायकै अन्य दुई महिलाहरु (जसको नाम उनै एकादशीलाई समेतले बिर्सिइन् तर एक जनाको नाम चाहिं पक्लीदिदी भनिने गरिएको थियो) ले शनिश्चरे बजारमा भक्का बेच्न शुरुवात् गरेका थिए । उनीसँगै भक्काको व्यापार शुरुवात् गर्ने अन्य दुई जना दिवंगत भइसक्नु भयो ।

शनिश्चरेमा भक्का पकाइ बेचेर जीवनयापन गर्ने अहिले संख्या बढेको छ । अर्जुनधारा नगरपालिकामा धेरैतिर यसको व्यापार हुन्छ पानी पर्ने मौसम सकिएपछि ।

(आफ्नो क्षेत्रमा कुनै पनि नयाँ विषयको प्रवेश वा थालनी गराउनेहरुलाई स्थानीय सरकारले विशेष सम्मान र अभिलेख तयार गर्न जरुरी छ ।)

 

 

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।