Mero Sabda

निर्वाणको यात्रा


– प्रेमप्रकाश मल्ल

आँखाभरि अँगालेर उनलाई
वसन्तको त्यो वेगवान् पदचापमा
रङ्गीन सपनाहरू सजाउँदै
धर्तीआकाशलाई साक्षी राखेर
मैले जलाएको त्यो प्रेमको दियो
काँडा–काँडामा टेकेर
फुलाएको आस्थाको पूmल
ती प्रेमिल ओठहरूमा
उमारेको विश्वास
जुनी–जुनीलाई थियो
त्यसैले त भिœयाउन उनलाई
साट्न मलाई पसिनासँग पाखुरी
कुनै मुग्लान जानु थिएन
सांसारिक अहम्ता र आडम्बरको अग्लोे
महल ठड्याउनु थिएन ।

तर समय बगेर विपरीत
उडाएर सपना आँधीहुरीले
अनायासै हामी
नदीका दुई किनार भएपछि
आँखाभरि बोलाएर वर्षा
मनभरि निचोरेर मन
उनले भनेकी थिइन्,
“टेकेर आँगनमा तिम्रो
मेरो संसार सिँगार्ने चाह
यो जुनीमा अधुरै र≈यो †”
उनले त्यो अकल्पनीय पीडा
व्यक्त गर्नुअघि नै
मैले उनलाई
यस्तो घरमा भिœयाइसकेको थिएँ≤
जुन घर सधैँ सधैँ मेरो मात्र थियो
गृहस्थीका अनेक अभाव र ठाकठुकरहित
विशाल र सुरक्षित थियो ।

पत्थर नभइदिएपछि यो मन
उनैलाई बनाएर केन्द्र
मनको बगैँचामा कहिलेकाहीँ
फुलिदिन्छन् सप्तरङ्गी पूmलहरू
त्यति बेला
फेरि पनि अतीत अस≈य भएर छटपटाउँछ
जहाँबाट हामी छुट्टिएका थियौँ
उभिएर समयले त्यहीँ
आँधी बोलाइरहे जस्तै लाग्छ
प्रेमका ती तारतम्यहीन तरकिबहरू
पिछा गर्ने खुरापाती समयहरू
विद्यमान जीवन भोगाइसँगै पनि
समानान्तर भएर बगिरहेको देख्दा
काँडा,पूmल र सुवास जस्तै हामी
साँच्चिकै अभिन्न भएछौँ जस्तै लाग्छ ।

समय आँखाअघि फेरि भिन्न भएर बग्यो भने
म सम्झिन्छु,
आकाश बर्सिएर धर्ती हराभरा भएको
समुद्र भेट्न नदीहरू सुसाउँदै बगेको
धागो बेरिएको हातबाट चङ्गा
आकाश–आकाश उडेको
कष्टहरू अनेक खपेर शिरमा
हिमाल खिसिक्क हाँस्दा
लालीगुराँसको लालिमामा
प्रतिबिम्ब उनैको आँखाभरि
मुटुभरि चल्मलाएको ।

हो, जिन्दगीको घामपानीमा
उमारेर इन्द्रधनुष
यो संसारको गतिसित
यसरी नै पौँठेजोरी खेल्दै
पलपल लुकाएर छातीभित्र उनैलाई
एक्लै अविराम बगिरहेको यात्रामा मेरो
विराम लागेको क्षण
सृष्टि ठप्प अडिएछ भने सोच्नू,
मेरो निर्वाणको यात्रा अभैm बाँकी छ †

दैलेख

प्रतिकृया व्यक्त गर्नुहोस् ।