Mero Sabda

तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न


शनिश्चरे, १९ मंसिर । नेपाल तेक्वान्दो संघको नियमित क्रियाकलाप अनुरुपको सिनियर तेक्वान्दो खेलाडीहरुको झापामा ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ, जिल्ला कार्यसमिति झापाको आयोजनामा गत १५ गतेदेखि १८ गतेसम्म मेची रङ्गशालामा भएको चार दिने बन्द प्रशिक्षण पश्चात् १९ गते शुक्रवार ग्रेडिङ सम्पन्न भएको हो ।

तेस्रो डानका लागि ८, दोस्रो डानका लागि ६ र प्रथम डानका लागि ७ गरी जम्मा २१ जना खेलाडीहरु ग्रेडिङमा सहभागी भएको जिल्ला अध्यक्ष बाबुलाल सुब्बाले बताउनु भयो । उहाँका अनुसार संघका केन्द्रीय सदस्य तथा तेक्वान्दोका पूर्व बरिष्ठ प्रशिक्षक विजय न्यौपाने, जिल्ला कार्यसमिति झापाका पूर्व अध्यक्ष प्रदिप श्रेष्ठ, सहायक प्रशिक्षकद्वय जितेन्द्र मेचे तथा हरि भुजेलको उपस्थितिमा ग्रेडिङ सम्पन्न भएको थियो ।

ग्रेडिङ तथा बन्दसत्रको उद्घाटन मंसिर १५ गते नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य विजय न्यौपानेले प्रमुख अतिथिको रुपमा गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, हक्की खेलका झापाका प्रशिक्षक ज्ञानेन्द्र खड्का, शिक्षक गुणरत्न थापाको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता बाबुलाल सुब्बा र कार्यक्रम संचालन तेक्वान्दो संघ, झापाका सचिव कुमार भट्टराईले गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।