२०७७ फागुन १७ सोमबार
Mero Sabda

अर्जुनधारा फिट्नेसको उद्घाटन


शनिश्चरे, २७ मंसिर । झापाको अर्जुनधारा– ८ स्थित शनिश्चरे बजारमा शारीरिक सुसंगठन तथा व्यायामका लागि शनिवारबाट दोस्रो आधुनिक फिट्नेस सेन्टर औपचारिक रुपमा शुभारम्भ भएको छ । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राणाले शनिवार एक कार्यक्रमबीच अर्जुनधारा फिट्नेसको उद्घाटन गरी सो संचालन भएको जानकारी दिनुभएको हो ।

पचास लाखको लागतमा संचालन गरिएको उक्त फिट्नेस सेन्टर स्थानीय नौ जना युवाहरुको सहभागितामा शुरुवात् भएको हो । महिला तथा पुरुष, दुबैलाई लक्षित गरी संचालनमा ल्याइएको उक्त फिट्नेसले भविष्यमा महिलाहरुलाई लक्षित गरी जुम्बा नृत्य संचालन गर्ने तयारी रहेको संचालक कृष्ण तामाङले जानकारी दिएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।