Mero Sabda

मेरो हार, तिम्रो जीत


– निरज आचार्य

हार्नु मेरो नियति भो, ठिकै छ हारी दिन्छु
नजाओस् खेर, मेरो हार तिम्रो जीत बनोस्

म रोइ दिन्छु लुकेर, सिरानीमा रात भर
आँशु सारा बिहानीको टल्कने शीत बनोस्

तिरस्कारहरु मात्रै कसैको किन याद राख्नु
छोटै सही अनुराग, अमर हुने रित बनोस्

कति गाउनु मुना मदन मंगलेका कथाहरु
कास ! कुनै दिन त, मिलनको नि गीत बनोस्

हार्नु मेरो नियति भो, ठिकै छ हारी दिन्छु
नजाओस खेर, मेरो हार तिम्रो जीत बनोस्

प्रतिकृया व्यक्त गर्नुहोस् ।