– निरज आचार्य
सधैं आकस्मिकतामा अल्झेकै छ
सधा बाटोमा कहाँ भेटिन्छ जीवन
खुकुरी नै चाहिन्छ भन्ने के छ र !
फूलकै धारले पनि रेटिन्छ जीवन
जति गहिरो लेखे पनि ढुङ्गामा नाउँ
एक दिन अवश्य मेटिन्छ जीवन
स्वविवेकमा अक्सर अभिमान गर्छ
यदाकदा आफैंबाट लुटिन्छ जीवन
सधैं आकस्मिकतामा अल्झेकै छ
सिधा बाटोमा कहाँ भेटिन्छ जीवन