२०७७ फागुन १७ सोमबार
Mero Sabda

यात्रा


– आचार्य निरज

मलाई खोज्नु छैन जीवनको अर्थ
जीवन भोगाइ हो
भोग्ने उपक्रममा कहीं कतै
जीवनको अर्थ भेटियो भने गजब भयो
मलाई डर छ
अर्थ खोज्दाखोज्दै
जीवन बाँच्नै पो बिर्सिएँ भने !

मलाई थाहा छैन
मैले मानेको गन्तव्य
जीवनको अन्तिम गन्तव्य हो कि हैन
म यात्री हुँ हिंडिरहन्छु
यात्राको क्रममा गन्तव्य भेटें भने ठीकै छ
तर गन्तव्य निक्र्यौल गर्ने धुनमा
डर छ
कतै हिंड्नै बिर्सें भने !

पत्थर झैं जड भएर जम्न मन छैन मलाई
नदी झैं तरल भएर फैलन चाहन्छु
बग्न चाहन्छु हिमालयदेखि सागरसम्म
बाफ भएर फेरि मिसिन चाहन्छु बादलमा
अनि बर्सन चाहन्छु पानी भएर
पर्वाह छैन मलाई
यो मेरो जीवनको अर्थ हो कि हैन
म यात्री हुँ हिंडिरहन्छु
बाँची रहन्छु जसरी समयले डोर्याउने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।