Mero Sabda

सौन्दर्य


कविता

– निरज आचार्य

एउटा काँधमा तराई अर्को काँधमा पहाड
सगरमाथा बोकेको छु मैले आफ्नो शिरमा

च्याब्रुङ, तुङ्गना, मुरली, सारंगी र डम्फु
जोर मादल घन्केको छ गण्डकीको तिरमा

श्रीअन्तुको सूर्योदय शुक्लाफाँटको सूर्यास्त
मनैभरि फुल्छ जून नदी–तलाउ निरमा

लालीगुराँस भीरैभरि फाँटैभरि कमल
सुनाखरी झुलेको छ अक्करको भीरमा

प्रतिकृया व्यक्त गर्नुहोस् ।