Mero Sabda

दीर्घ साहित्य सेवा पुरस्कार ओलीलाई


शनिश्चरे, १९ असार । अर्जुनधारा नगरपालिका, भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समितिले पहिलो पटक प्रदान गर्न लागेको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८’ बाट झापाका अगुवा साहित्यकार सरोज ओली सम्मानित हुनुहुने भएको छ । साहित्यकार ओली आधा सताब्दिभन्दा बढीबाट साहित्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

नगद रु. ५१ हजार सहित ताम्रपत्रबाट पुरस्कृत व्यक्तिलाई सम्मान गर्न लागिएको भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समिति, अर्जुनधाराकी संयोजक सुशिला सुबेदीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

साहित्यको क्षेत्रमा राष्ट्रिय नेतृत्व प्रदान गर्ने गरी साहित्यकारहरु जन्माउन सफल अर्जुनधारा नगरपालिकाले साहित्यको क्षेत्रमा गरेको यो नै सबैभन्दा ठूलो कार्य रहेको छ । आगामी असार २५ गते अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारस्थित सामुदायिक भवनमा एक कार्यक्रमबीच उक्त पुरस्कार वितरण गरिनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।