२०७८ असोज ८ शुकर्बार
Mero Sabda

झापा कांग्रेसको अधिवेशन र नेतृत्व


(समय सन्दर्भ)

– दीपक ढकाल

राम कट्टेल । अर्थात् नेपाली कांग्रेस झापाको सभापतिका लागि आफैले घोषणा गरेको एउटा नाम ।
देउमान थेवे । अर्का उम्मेद्वार ।
राजेन्द्र घिमिरे । फेउरि अर्को उम्मेद्वार ।

यसै यसै गरी नेपाली कांग्रेसको महाधिवेशन बिस्तारै केन्द्र शहर अर्थात् राजधानीबाट जिल्लाको बाटो हुँदै गाउँ÷वस्तीसम्म लिग समाइसकेको छ ।

कृष्णप्रसाद सिटौला । यस अगाडिका केन्द्रीय सभापतिको प्रत्यासीका रुपमा झापा कांग्रेसको एउटा उच्च व्यक्तित्व ।

केशवकुमार बुढाथोकी । युवा अवस्थादेखि नै झापा कांग्रेसको उर्जावान् एवं जनस्तरमा राम्ररी भिजेका नेता ।

विश्वप्रकाश शर्मा । नेपाली कांग्रेसका प्रवक्ता एवं नेपाली कांग्रेसको घघडान वक्ता र अत्याधिक जनप्रिय नेता । जसको गाउँदेखि शहरसम्म र मेचीदेखि कालीसम्मको प्रशिद्धीको यहाँ ब्याख्या गरिरहनु नपर्ला ।

झापा कांग्रेसका यी तीन शक्ति ।

त्यसमा पनि विश्वप्रकाश शर्मा संस्थापन पक्षबाट प्रवक्ताको जिम्मेवारी सम्हाली रहेता पनि उनमा त्यस्ते गुटगत लेभल लाग्ने गरेको छैन । गृटगत रुपमा झापामा कृष्णप्रसाद सिटौलाको पक्ष नै निक्कै प्रभावकारी देखिन्छ । झापा कांग्रेसमा विगत लामो समयदेखि अर्थात् कृष्णप्रसाद सिटौलाको सभापतित्वकालदेखि नै उहाँहरुकै वरिपरि घुमिरहेको देखिन्छ । निवर्तमान सभापति सुधिर शिवाकोटीदेखि लिएर वर्तमान सभापति उद्वव थापासम्म यही क्रमको निरन्तरता हो । यही निरन्तरताको क्रमभङ्ग गर्न नसक्नु नै विगतको विश्वप्रकाश शर्माको पराजयको नियति हो । यहाँ एउटा कुरा के स्पष्ट बुझे हुन्छ भने यो सन्दर्भ क्रमबाट विपरित निर्णय बनाउनु भनेको सहज कुरो होइन ।

यद्यपि, केन्द्रीय सभापतिको उम्मेद्वारी वा केन्द्रमा रहेका संस्थापन र गैरसंस्थापन बीच झापाको वर्तमान नेतृत्व र दाविकृत नेतृत्वहरुले आफूलाई कुन रुपमा र कुन भूमिकामा रुपान्तरित गर्छन्, त्यसले पनि झापा कांग्रेसको भावी नेतृत्वमा प्रत्यक्ष असर पार्ने देखिन्छ । केन्द्रीय नेतृत्वमा कोइराला परिवारको दावीले गैरसंस्थापन पक्ष र त्यसमा पनि पूर्वी भेगको भूगोलमा रहेको कांग्रेसजनको राजनीतिमा गहिरो प्रभाव पार्ने स्पष्ट नै छ । जसको प्रभाव झापा कांग्रेसको आगामी नेतृत्वमा समेत पर्ने स्पष्टै छ । यही कारण नै विगतको समिकरण भन्दा बेग्लै प्रकारको राजनीति र बेग्लै प्रकारको परिणामको समेत अड्कल गर्न सकिन्छ । निक्कै लोकप्रिय मानिएकी युवा नेता सरिता प्रसाईको भूमिकालाई समेत नजरअन्दाज गर्न मिल्दैन । उनको सक्रिय भूमिकाले पनि आगामी जिल्ला अधिवेशन र भावी नेतृत्वमा तरङ्ग पैदा गर्छ ।

कांग्रेसमा हालसम्मको हुनै नसकेको प्रयास भनौं या अभ्यासका रुपमा माथि उल्लेखित तीन–चार जना नेताहरुले एक ठाउँमा बसेर छलफल चलाएर सहमतिको वातावरण सिर्जना गर्न नसकिने होइन । विगतमा जिल्ला सभापतिको उम्मेद्वारका रुपमा चर्चामा आएका अधिवक्ता अशोक पोखरेलदेखि लिएर अहिले आफै उम्मेद्वार घोषणा गरेका नेतादेखि सम्भावित चर्चामा रहका सबै नेतालाई एक ठाउँमा राखेर स्थानीयदेखि प्रदेश र केन्द्रीय संसदीय कित्ता र पार्टीको राजनीतिक वा सांगठनिक जिम्मेवारीको कित्तालाई दुई प्रकारको शक्ति ध्रुविकरण गरेर एउटा समायोजन र समयोजन प्रक्रियाको पद्दतिलाई अगाडि ल्याएर नयाँ अभ्यासको चालनी गर्ने हो भने सहमतिको शुरुवात्का लागि माथि उल्लेखित तीन÷चार नेताहरु नेपाली कागं्रेस झापा मात्र होइन समग्र नेपाली कांग्रेस कै इतिहासमा स्थापित व्यक्तित्व हुनेछन् । स्वयं गुट चलाउनेहरु र गुटकापछि लाग्नेहरुले आफ्नो सीमित स्वार्थलाई अलिकतिमात्र पन्छाउने वा अलिकति मात्र व्यवस्थित एवं सुधार गर्ने हो भने असम्भव कुरा होइन ।

राजनीतिमा लाग्ने सबै नेता हुँदैनन् । नेता हुने सबै सभापति नै पनि हुँदैनन् । आज जिल्लाको सभापति हुने सबै मन्त्री, प्रधानमन्त्री वा केन्द्रीय सभापति पनि हुँदैनन् । त्यो एउटा अवसर हो । कहिलेकाहिं कुनै त्यागले पनि त्यो अवसरलाई प्राप्त गर्न सक्छ । हुन त भन्नेले भन्छन्, राजनीति जोगी हुनलाई कसैले गर्दैन । तर राजनीति गर्ने सबै राजा वा शासक नै बन्छ, त्यो पनि जरुरी छैन । कांग्रेस मै पनि प्रशस्त उदाहरणहरु छन्, जसको सबैभन्दा ठूलो उदाहरण सवोच्च नेता गणेशमान सिंहको नाम सबैलाई जानकारी भएकै हो । । यद्यपि सबै नेताले गणेशमान नै हुनुपर्छ भन्ने पनि होइन ।

अहिले पदीय जिम्मेवारीका लागि ठूलो क्षेत्र विद्यमान रहेको छ । प्रशस्त पदीय संस्थाहरु सृजित छन् । सहमति, सहकार्य, जिम्मेवारी, छलफल र त्यागको मात्र जरुरत रहेको छ ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।