Mero Sabda

जिल्ला सदस्यमा स्तरबृद्धि


– लिलक सिटौला

(भोगाइ)

२००५ सालमा जन्मिएको शनिश्चरे मावि हाम्रा अगज्रहरुले धेरै महत्वपूर्ण काम र कर्म गरे गए । हामीले पनि यो स्कूल पढ्न पाउनु र केही गर्न पाउनु हाम्रो भाग्य रहेको रहेको थियो ।

त्यसबेला झापा बजार नाम गरेको दक्षिण तर्फ एउटा ठूलो बजार रहेको थियो । राणाशासनकालमा नै त्यो बजार ब्यापक र्चामा आएको थियो । त्यो बेलामा गोश्वारा सम्पूर्ण अदालतहरु पनि त्यहीं थिए । मालअड्डा साथै फौजीहरुको त्यहाँ व्यवस्था गरिएको हुँदा झापाको सदरमुकाम त्यहीं थियो । इतिहासलाई हेदा झापा बजारको नामबाट यो जिल्लाको नाम झापा रहन गएको भन्ने भनाइ छ । राजवंशी झापामा झापाको अर्थ छोपिनी भएको र जंगलभित्रको मूख्य बजार भएका कारण नै झापा भएको भन्ने भनाइ छ ।

त्यसो त त्यो बेलामा नाम कमाएका पुराना प्रचलित बजारहरुमा शनिश्चरे भद्रपुर, धुलावारी, गौरीगञ्ज थिए । हामीले शनिश्चरे माविबाट सेन्टअपको परीक्षा दिएर स्कूलबाट विदा हुने बेला आएको थियो । तर हामी जुनियर हुँदै सिनियर विद्यार्थी भएकै थाह नपाइ स्कूल छाड्ने बेला भइसकेको थियो । र पनि एसएलसी परीक्षाको प्रकाशित नतिजा नआइन्जेलसम्म हामीले स्कूल छाडेकै आभाष भएको थिएन । हामीलाई स्कूल छाड्नु भन्दा पहिलो काम नेविसंघको जिम्मेवारी कसलाई सुम्पिने भन्ने थियो किनकि हाम्रो समय मात्र दुई महिना थियो ।

भावी नेतृत्व कसलाई दिने बारेमा साथीहरुसँग सरसल्लाह पनि व्यापकरुपमा राखिएको थियो । हाम्रो ब्याजी साथीहरु भने एसएलसी परीक्षामा सामेल हुने बारेमा चिन्तित भएका थिए । कारण के हो भने एसएलसीको परीक्षा केन्द्र कहाँ हुन्छ भनेर हाम्रो टीमले विद्यार्थीहरुको धेरै समस्याहरको बारेमा छलफल गरेका थियौं । गुरुबा, गुरुआमाहरुलाई पनि शान्ति भएको थियो ।

एवं प्रकारले स्कूल बाहिरका सामाजिक कार्यमा समेत हाम्रो हातहरु अगाडि बढ्न थालेको थियो । काम केही थिएन । अन्यायको विरोधमा छलफलहरुमा बस्न थालेका थियौं । न्यायको पक्षमा उभिएर आफ्ना कुराहरु राख्दथ्यौं । किनभने हामीलाई त्यस्ता कुराहरुमा बानी परेको थियो ।

कांग्रेस र कम्युनिष्टहरु पनि आआफ्ना गतिविधिमा सक्रियरुपले लागेका थिए भने उता पञ्चायती व्यवस्थाका मानिसहरु झन् सक्रिय भएर लागेका थिए । किनभने पञ्चहरु सत्तामा थिए । उहाँहरुको हक पनि ठूलो नै थियो । त्यो स्वाभाविक नै थियो ।

शनिवारको नियमित बैठक थियो । त्यो दिन कुमार बस्नेत सरबाट चावी प्राप्त भएको थियो । उहाँ र खगेन्द्र घिमिरे सरहरु लेखा हेर्नुहुन्थ्यो । उहाँहरुले नै नपठा पनि सबै स्कूलका विद्याथीहरुले सर भन्ने चलन थियो । बैठक शुरु भएको एक घण्टापछि फेरि जिल्लाबाट एउटा चिठ्ठी आयो । त्यो बेलामा हाम्रो जिल्ला भनेको विर्तामोडको भरतबाबुको घर थियो । सबै साथीहरुमा चिऽीबारे जिज्ञासा जाग्ने नै भयो । मैले सचिव विष्णु ढकाललाई पत्र पढेर सुनाउन भनेर आग्रह गरें । विष्णुजीले पत्र पढ्न शुरु गर्नुभयो–
प्रिय लिलकजी
नेविसंघका मान्छेहरु पक्राउ परेको हल्ला छ, जो सत्य होइन । कोह िपक्राउ परेको थाहा छैन ।
काफ्लेजी आज आउनु हुन्छ ।
हितैषी
भरत

चिठीको आसय मैले राम्ररी बुझेको थिएँ । खबरदारी सहित आज लक्ष्मीजी आउँदै हुनुहुन्छ भन्ने वाक्य तपाई र सचिव चार बजे देवीबस्ती आउनु भनेको आभास मलाई भएको थियो । बैठक सकिएपछि मंगरु दाइको दोकानमा चिया पिउन पसेका थियौं । सबै साथीहरुलाई विदा गरेर म र विष्णु ठीक चार बजे देवीबस्ती सीके प्रसाईको घरमा प्रवेश गरेका थियौं । त्यहाँ हामी मात्र होइन रहेछौं, भद्रपुरबाट साथीहरु आउनु भएको रहेछ । नेविसंघका साथीहरुको मिटिङ पनि भरतबाबुले राख्नु भएको रहेछ ।

भद्रपुरबाट हरि न्यौपाने, भरत भुर्तेल, राजेश ढुङ्गाना, रत्नकुमार कार्की र शनिश्चरेबाट हामी दुई बाहेक विनिता बुढाथोकीको उपस्थितिमा ‘नेविसंघको विषय यो हो र बैठकको अध्यक्षमा हरि न्यौपाने हुनुहुन्छ, तपाईहरुको बेठक शुरु गर्नुहोस् । म चिया खान लागें’ भनेर भरतबाबु हामीलाई सजिलो पारेर चिया पिउन गएको कुरा हिजो अस्ति जस्तो लाग्छ । त्यो बेलामा भातृ संगठनमा नेताहरु हस्तक्षेप गर्नुहुन्नथ्यो । बडो अनुशासित थियो संगठन । काम गर्न पनि जोशजाँगर चल्थ्यो । त्यो बैठकमा तपशिलमा उल्लेखित प्रस्तावित विषयहरु थिए ः
– नेविसंघको बार्षिक उत्सव धुमधामसाथ बनाउने कार्यक्रम
– नेविसंघको क्षेत्रीय उपशाखाहरु गठन गर्ने ।
– बाँकी रहेका स्कूलहरुमा युनिटहरु गठन गर्ने ।
– अन्य विषयहरुमा छलफल गर्न पाइने ।

अन्य विषयमा छलफल गर्दा नेपाल विद्यार्थी संघको जिल्ला शाखा भद्रपुरले जिल्ला शाखाका अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा बसेको बेठकले मलाई र विनिता बुढाथोकी, जो फत्तेबहादुर बुढाथोकीको छोरी पनि हुनुहुन्थ्यो, लाई नेविसंघको जिल्ला शाखाको सदस्यता ग्रहढा गराइ जिल्ला सदस्यको रुपमा त्यही मिटिङले बनाएको थियो । साल, महिना भुले पनि सम्भवतः २०३७ साल तिरको कुरो हुनुपर्छ ।

बैठक सकियो, त्यसको जानकारी अध्यक्ष हरिजीले भरतबाबुलाई सुनाउनु भयो । उहाँले बडो ध्यान दिएर सुनेपछि ‘राम्रो निर्णय गर्नुभएको रहेछ, खुशी लाग्यो’ भन्नु भयो र ‘तपाईहरु एक घण्टादेखि छलफलमा हुनुहुन्थ्यो, अब चियाखाजा खाएर बेलैमा घर पुग्नु होला,’ भन्नु भयो ।

हामीले चना, चिउरा र चिया खाएर आफ्नो गन्तव्य तर्फ लाग्यौं । अर्को महत्वपूर्ण कुरा लक्ष्मी दाइ पनि हामीसँग निस्किनु भयो । बैठकमा उहाँ पनि हामीसँगै बस्नु भएको थियो । मैले भनें ‘लक्ष्मी दाइ कता जाने ?’ लक्ष्मी दाइले चाहिं भाडा पाएका रहेछन् । ‘उर्लावारीतिर भाइ’ भन्नु भयो ।

त्यो बेला टाडाबाट आउनेलाई भाडा मात्र दिने चलन रहेछ । हाम्रो भागमा चाहिं खाजा पछि भत्ता हाल्दोरहेछ । जे होस्, त्यो बेला धेरै दुःख थियो पार्टीलाई र पार्टीमा हिंड्ने मान्छेहरुलाई । दुःखको बेलामा काम गर्ने नेताहरु र साथीभाइलाई भेट्न पाउनु पनि ठूलो कुरो हुन्थ्यो । किनभने चारैतिरबाट हामीलाई खतरा थियो । बचेरै, लुकेरै काम गर्नु पर्दथ्यो । कुनबेला हामीमाथि कहाँ के हुन्थ्यो थाहा हुँदैनथ्यो । जे होस्, त्यो बेला प्रतिबन्धित समयमा काम गर्नु चाहिं धेरै रमाइलो लाग्थ्यो ।

शनिश्चरे, झापा

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।