Mero Sabda

अपमान


(मजदुरको कथा)

– ऐतराज नेम्वाङ ‘सन्तोष’

हामी नेपाली जनताहरु आफ्नो देशमा रहँदा पनि कुनै पार्टी विशेषको नेताहरुको गुलाम भएर बाँच्नुपर्ने अवस्था र आफ्नो जायजेथा बेचेर वा बन्धक राखेर वैदेशिक रोजगार आए पश्चात् पनि उनीहरुको गुलाम भए नै काम गर्नुपर्ने बाध्यता हाम्रो देशको सञ्चालकहरुको सोचाइ नबदलिएसम्म हाम्रो नियति नै यस्तै रहने छ ।

गरीब, किसान, मजदुरका हकहित र मुक्तिको मिठा–मिठा भाषण अनि शरीरको रगत उमाल्ने नाराहरुको प्रभावमा पारेर घरमा रहेका श्रीमती र नानीहरुलाई एक कुनामा थन्क्याएर उनीहरुको गुलाम भइ यन्त्रचलित मेसिनझैं ज्यानको माया नगरी आफ्नै देशको सुरक्षाकर्मीमाथि गोलीको प्रहार गर्न नहिच्किचाउने हामी जस्तो अन्धो कार्यकर्ताले वैरीले सीमाना मिच्दा टाङमुनि टाउको लुकाएर नेतृत्ववर्गको अनुहार टुलुटुलु हेर्न बाध्य भइ बाँचेका निरीह हामी नेपाली कार्यकर्ता ।

कहिले–कहिले उसले बोल्दा आवाजमा आक्रोश मिसिएको भान हुन्थ्यो । तर कहिले निराश भावमा आफ्नो व्यथा सुनाइरहेको हुन्थ्यो । म पनि मनमनमा उसको विचारलाई समर्थन गरिरहेको हुन्थे । समर्थन पनि किन नगरौं, उसले देशमा भइरहेको वास्तविक विडम्वनाहरु सुनाइरहँदा सहीलाई सही र गलतलाई गलत त भन्नै पर्छ । ऊ हेर्दा सरल स्वभावको थियो । देशको रक्षाको निम्ति एक सक्षम सिपाही हुनसक्थ्यो । तर देशको मुहार फेर्नका निम्ति सत्र हजारको बलिदान लिने पार्टीले ऊबाट केही स्वार्थ लुट्यो । तर आज अलपत्र परेर परदेशिनुको विकल्प नदेख्दा केही नभए पनि सानो सान्त्वना स्वरुप हातमुख जोर्ने बन्दोबस्ति त गर्न सक्थ्यो नि । उसको निस्वार्थ बलिदानीको कदर त गर्नुपथ्र्यो ।

हिजो गाउँमा माओवादीको विल्ला भिरेर पार्टीको लागि मरिहत्ते गर्ने एक सच्चा सिपाही आज खाडी मुलुकमा बाउन्न डिग्रीको गर्मीमा आफ्नो शरीरको पसिनाले आफै नुहाउँदै अरु कसैको खटनमा गुलामझैं परिश्रम गर्नुपरेको थियो । हिजो करोडौं रुपैयाँको लागि बैंक लुट्ने देशको युवा आज अरबी र अन्य देशको नागरिकको अगाडि दश रियाल बक्सिसको लागि निधारमा हाल पु¥याएर ‘सलाम वालेकुमा’ भन्न बाध्य भइरहेको छ । त्यति प्राप्त हुने बक्सिसमा रमाएर के गर्नु र सानो गल्ती मात्र भयो भने ‘गौवत, नेबाली मुखमाफी’ भन्नेसम्म गाली पनि खान तम्तयार रहनुपथ्र्यो ।

मेसिनरी चिज हो । जीवनमा कहिले नदेखेको प्रकारका गाडीहरु आउँछ । काम गर्ने सिलसिलामा सानोतिनो गल्ती त भइरहन्छ । मानिस हो, गल्ती हुनु स्वभाविक नै हो तर पैसाको घमण्ड भएका अरबीहरुले त्यो कहाँ बुझ्छन् र । गाडीमा केही खराबी देख्ने साथ म्यानेजरलाई सुनाइदिन्थे र त्यो खराब भएको सामान फेर्न लगाएर हाम्रो सेलरीबाट कट्टा हुने गरी भनेर आदेश दिन्थे । सिरिया देशको म्यानेजर थियो । उसको एक आदेश कानून झैं हुन्थ्यो । अनि उसको आदेश शिरोधार्य गरेर लुरुलुरु काममा खटिनुपथ्र्यो ।

हामी सबैलाई एउटा ‘जब कार्ड’ दिएको हुन्थ्यो । ड्युटी जाँदा त्यो कार्ड लिएर जानुपथ्र्यो । अनि अफिस अगाडि रहेको पञ्चिङ मेसिनमा घुसार्यो । त्यहाँ रहेको घडी अनुसार समय नै पञ्चिङ हुन्थ्यो । ड्युटीबाट फिर्दा पनि त्यसरी नै पञ्चिङ गर्नुपथ्र्यो । त्यो कार्डमा आफ्नो जाने ड्युटी भन्दा तीन–चार मिनेट अगावै र फिर्दा पनि ड्युटी टाइम भन्दा चार–पाँच मिनेट पछि नै टाइम आउने गरी पञ्चिङ गर्नुपथ्र्यो । यदि कुनै दिन समय तलमाथि भए फोरमेनले ‘ऐसा क्या हुवा ?’ भनेर प्रश्न तेर्साइहाल्थे । त्यसबेला आफूले नहिच्किचाइ स्पष्टिकरण दिइ हाल्नुपथ्र्यो । अनि फोरमेनले ‘दुसरा बात ऐसा नही होना चाहिए’ भनेर मात्र सिग्नेचर गथ्र्यो ।

यस्तो अपमानको दिनचर्या त के हो र अझ हामी ड्युटी आउँदा म्यानेजर र फोरमेनले हाम्रो पकेट छाम्थ्यो । यदि पकेटमा मोबाइल भेटेमा आफिसमा लगेर राख्थे र ड्युटी सकिए पश्चात् लिएर रुम जानुपथ्र्यो । यस्तो अपमानको व्यवहार सहेर भए पनि आफ्नो देश र घरबार अनि परिवार छाडेर पैसाको लागि काम गर्नुपरेको थियो । कहिलेकाहिं लाग्थ्यो हामीले फेर्ने हरेक श्वास पनि यिनीहरुलाई नै बन्धकीमा राखेका छौं कि भन्ने भान हुन्थ्यो । तर पनि आफ्नो परिवार सम्झेर त्यो अपमानलाई सहर्ष स्वीकार्दै निरन्तर आफ्नो ड्युटी इमानदारी साथ निभाइरहेका थियौं ।

शनिश्चरे, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

सम्बन्धित खबर