ओशो, जो आफ्नो जीवनकाल भरी सधैँ विवादमा रहे।

भारतको मध्य प्रदेश राज्यको रायसेन सहरको कुच्वाडा गाउँमा जन्मिएका भगवान श्री रजनीश वा मुख्य रूपमा ओशोको नामले परिचित चन्द्र मोहन जैनलाई भारतीय दार्शनिक, विचारक तथा विवादित धर्म गुरुको रूपमा चिनिन्छ। आफ्नो जीवनकालमा दिइएका कयौँ प्रबचन तथा शिक्षाहरूका कारण विवादमा तानिएका ओशो उनको रहस्यमय शिक्षा तथा क्रान्तिकारी विचारहरूका कारणले ठूलो सङ्ख्या मानिसहरूलाई आफू तर्फ आकर्षित गराउन सफल भएका थिए भने लाखौँको सङ्ख्यामा मानिसहरू उनका भक्त बनेका थिए। अर्कोतर्फ थुप्रै मानिसहरू उनको विरुद्ध उत्रिदै उनलाई यौन गुरु वा धनीहरूको गुरुको संज्ञा दिएका थिए। धार्मिक रुढिवादीका निकै कठोर आलोचक ओशोलाई सम्पूर्ण जीवनकाल भरी एक विवादास्पद रहस्यदर्शी गुरु र आध्यात्मिक शिक्षकको रूपमा हेरिएको छ। प्रत्येक विषयहरूमा पूर्ण दक्षताका साथ प्रवचन दिन सक्न ओशो निकै उच्च श्रेणीका वक्ता थिए। प्रत्येक विषयहरूमा दिइएका प्रवचनहरू बिनै कुनै सुधार गरि जस्ताका त्यस्तै पुस्तकको प्रकाशित हुने गरेकाले उनी निकै कुशल वक्ता थिए भनेर अनुमान लगाउन सकिन्छ। मुम्बईबाट आफ्नो विचार तथा प्रवचनहरूलाई प्रचार गर्न सुरु गरेका ओशोले त्यसपछि पुणेमा एक आश्रमको निर्माण गरे।

११ डिसेम्बर १९३१ मा जन्मिएका ओशोले जन्मिएको तीनदिनसम्म रोएका पनि थिएनन् जसकारण उनका परिवारका सदस्यहरू निकै अचम्मित परेका थिए। बाल्यकालदेखिनै निकै जिज्ञासु ओशो १२ वर्षको उमेरमा मानिसको मृत्यु भएपछि के हुन्छ भनेर जान्नका लागि उनी मसानघाट जाने गर्दथे। २१ मार्च १९५३ का दिन २१ वर्षको उमेरमा एउटा रूखको तल उनले सम्बोधि प्राप्त गरे। सन् १९६० दशकमा उनी ‘आचार्य रजनीश’को नामबाट, सन् १९७० -८० को दशकमा भगवान श्री रजनीश र सन् १९८९ बाट उनले ओशो नामलाई अबलम्बन गरेका ओशोले भारत बाहिर अन्य देशहरूमा गएर पनि आफ्ना प्रवचनहरू दिन्थे। ओशोका अनुसार उनको पूर्वजन्म ७०० वर्ष पहिला तिब्बतमा भएको थियो र पछिल्लो जन्ममा जुन काम उनले पुरा गर्न सकेनन् त्यसलाई यो जन्म लिइएको हो र उनले आफ्नो अभिभावक पनि आफैले छनोट गरेका थिए। सन् १९६० को दशकमा उनले सम्पूर्ण भारतमा एक सार्वजनिक वक्ताको रूपमा यात्रा गरी महात्मा गान्धी र हिन्दू धार्मिक रूढिवादको प्रखर आलोचक बने। ओशोले लगभग सबै विषयहरूमा प्रवचन दिएका थिए जसमा ५५ सय घण्टाको प्रवचन अङ्ग्रेजीमा र ४८ सय घण्टाको प्रवचन हिन्दीमा दिएका थिए। यौन तथा मानव कामुकताका ’boutमा खुलेर प्रवचन दिने ओशो आफ्ना प्रवचनहरूका कारण भारत तथा पश्चिमी देशहरूमा आलोचनाका प्रमुख पात्र बनेका थिए भने कयौँले उनलाई यौन गुरु समेत भनेका थिए।

सन् १९७० को दशकमा रहस्यवादी गुरु तथा विचारक भगवान श्री रजनीश वा सामान्यतः ओशोले, भारत र संयुक्त राज्य अमेरिकामा आश्रमहरू सहित आफ्नै धार्मिक समूह स्थापना गरेका थिए। यो सम्प्रदाय रजनीश आन्दोलनको रूपमा परिचित हुँदै धेरै राजनीतिक विवादहरूको केन्द्र बनेको थियो। रजनीश र कानून प्रवर्तन बीचको द्वन्द्व बढ्दै जाँदा अन्ततः यो आक्रमण र धेरै गिरफ्तारीमा परिणत भएको थियो। अन्तर्राष्ट्रिय रूपमा सन् २००५ सम्ममा र लगभग दुई दशकलामो विवाद र एक दशकको समायोजनपछि रजनीशको आन्दोलनले आफूलाई नयाँ धर्मको बजारमा स्थापित गरिसकेको थियो। उनका अनुयायीहरूले उनको योगदानलाई पुनर्परिभाषित गरेका छन्, उनको शिक्षाका केन्द्रीय तत्वहरूलाई कम विवादास्पद देखाउन सकियोस् भनेर उनीहरूले यसलाई पुन: परिभाषित गरेका थिए। ओशोको मृत्यु आजपनि एक रहस्यको रूपमा रहेको छ। जब उनी अमेरिककाको कारागारमा थिए तब उनलाई थिलियम नामम विष दिइएको थियो जसकारण उनी मृत्यु नहुँदासम्म बिरामी परेका थिए। ओशोको सर्वाधिक लोकप्रिय पुस्तक संभोग से समाधिकी ओर हो जसमा उनले काम वासनाको उर्जलाई रुपान्तरण गर्ने प्रक्रियाको ’boutमा विश्लेषण गरेका छन्। ओशोले जैन, हिन्दू, हसिदवाद, तान्त्रिकवाद, ताओवाद, सूफीवाद, इसाई, बौद्ध र विभिन्न पूर्वीय तथा पश्चिमी रहस्यवादी, उपनिषद् र गुरु ग्रन्थ साहिब जस्ता पवित्र शास्त्रहरूमा प्रमुख आध्यात्मिक परम्पराहरूको ’boutमा चर्चा गरे। उनका समकालीन जिद्दु कृष्णमूर्तिले ओशोलाई स्वीकार नगरेपनि उनीहरूका आ-आफ्ना शिक्षाहरूबीच स्पष्ट समानताहरू छन्।

जवाफ लेख्नुहोस्