महाभारतको रचना गर्ने गुरुहरूका पनि गुरु वेदव्यास को थिए?

महर्षि वेदव्यास

महर्षि कृष्णद्वैपायन वा सामान्य रूपमा वेदव्यास, श्रद्धेय ऋषि हुन् जसलाई अधिकांश हिन्दू परम्पराहरूमा चित्रण गरिएको छ। उनलाई परम्परागत रूपमा महाभारतका लेखकको रूपमा लिइन्छ। उनलाई धेरै हिन्दूहरूले धेरै महत्त्वपूर्ण शास्त्रहरूको संकलकको रूपमा पनि लिन्छन्। विष्णुको आंशिक अवतार, अमस अवतारको रूपमा उनलाई परम्पराले वेदका मन्त्रहरू चार वेदमा सङ्कलकको रूपमा पनि मानिन्छ। यसका साथै अठार पुराण र ब्रह्म सूत्रका रचयिताको रूपमा पनि मानिन्छ। उनी सात चिरञ्जीवीमध्ये एक थिए। पराशर मुनिले जमुना नदीमा डुङ्गाभित्र सत्यवतीलाई भेटेपछि सत्यवती गर्भवती भएर उनको जन्म यमुनाको एक टापुमा भएको थियो। जमुना टापुमा जन्मेको यसलाई द्वैपायन भनिन्छ। उनको छालाको रङ कालो भएकोले उनको पूरा नाम कृष्ण-द्वैपायन हो। उनको टाउकोमा कपिल रङको जटा थियो। उनका आँखा चम्किलो थिए र उनको अनुहारमा पिङल रङको दाह्री थियो। उनले तपस्यामा महर्षि प्राप्त गरे र वेदलाई चार भागमा विभाजित गरे। यसैकारण उनी वेदव्यास वा ‘व्यास’ को नामले चिनिन थाले। जन्मने बित्तिकै उनी आमाको अनुमतिमा तपस्यागर्न निस्किइन्। उनको तपस्याको स्थान बद्रिकाश्रम थियो। उनी वशिष्ठका प्रपौत्र, शक्तिका नाति, पराशरका छोरा र शुकदेवका पिता हुन्। उनी वेदका साधक, सङ्कलक, सम्पादक र अन्तमा ऐतिहासिक महाकाव्य महाभारत, वेदान्त दर्शन आदिका संयोजक हुन् जसलाई हिन्दू धर्मको प्राथमिक प्रकट हिन्दू धर्मशास्त्रको रूपमा मान्यता दिइएको छ। वेदव्यासको जन्म कहिले कहाँ भएको थियो भन्ने कुरा आजसम्म पत्ता लगाउन नसकिएपनि यिनको जन्म आज भन्दा करिब ३ हजार वर्ष अघि महाभारतकालमा भएको अनुमान भने लगाउन सकिन्छ। महाभारतको युद्ध समाप्त भएको केही कालपछि त्रेतायुग सकिएर कलियुग सुरु भएको बताइन्छ। महाभारतको सम्पूर्ण कथा वेदव्यासले रचना गरेको हुनाले उनी पक्कै पनि त्रेता र कलि युगको सङ्गम हुने समयमा यस पृथ्वीमा जन्मेका थिए भन्ने कुराको पुष्टि विद्वानहरूले गरेका छन्। नेपालको तनहुँ जिल्लाको सदरमुकाम दमौली नजिकै व्यास गुफा रहेकाले वेदव्यासको जन्म यसैको छेउछाउमा कतै भएको हुनु पर्दछ भन्ने तर्क रहेको छ। उनले यसै ठाउँमा तपस्या गरेका थिए भन्ने जनविश्वास रहेको पाइन्छ। वैदिक सनातन धर्ममा विद्यमान गुरू शिष्य परम्पराका महान तथा ठूला गुरुका रूपमा लिइने वेदव्यासको वास्तविक नाम कृष्ण द्वैपायन थियो। उनी वशिष्ठका प्रपौत्र, शक्तिका नाति, पराशरका छोरा र शुकदेवका पिता हुन्। उनी वेदका साधक, सङ्कलक, सम्पादक र अन्तमा ऐतिहासिक महाकाव्य महाभारत, वेदान्त दर्शन आदिका संयोजक हुन् जसलाई हिन्दू धर्मको प्राथमिक प्रकट हिन्दू धर्मशास्त्रको रूपमा मान्यता दिइएको छ।

वेदव्यास परासर ऋषिका पुत्र, शक्ति ऋषिका नाति तथा वशिष्ठ ऋषिका पनाति थिए। सत्यवतीलाई माछाको पेटबाट निकालेर माझिले पालेकोले यिनको शरीरबाट माछाको गन्ध आउँथ्यो। जस्ले गर्दा यिनलाई मत्स्यगन्धा पनि भनिन्थ्यो। यिनको शरीरबाट माछाको गन्ध एक योजनसम्म फैलिने भएकोले यिनलाई योजनगन्ध पनि भनिन्थ्यो। किंवदन्ती अनुसार परासर ऋषिले सत्यवतीको अनुपम सौन्दर्यबाट मोहित भएर यिनसँग प्रेम प्रस्ताव राखे तर मानिसले देख्ने डरले उनले सो प्रस्ताव स्वीकार गर्न हिचकिचाइन्। त्यसपछि परासर ऋषिले आफ्नो योगवलबाट कुहिरो उत्पन्न गराई दिए। त्यहि कुहिरो लागेको बेला दुई नदीको सङ्गममा वेदव्यासको जन्म भएको थियो भन्ने गरिन्छ। उनलाई बादरायण, कृष्ण द्वैपालन, पारसर्य, सात्वत् आदि नामले पनि चिनिन्छ। उनले संस्कृत भाषाको विकास गर्नुका साथै संसारकै सबैभन्दा लामो महाकाव्यको रूपमा रहेको ‘महाभारत’ को रचना गरेका थिए। महाभारतका अतिरिक्त अठार पुराण, अठार उपपुराण, ब्रह्मसूत्र आदि ग्रन्थहरूको रचना वेदव्यासले नै गरेका हुन्। उनले सनातनदेखि विकसित हुँदै आएको ‘वेद’ को संकलन र सम्पादन गरेर वेदकालाई चार भागमा विभाजन गरेकाले यिनको नाम द्वैपायनबाट वेदव्यासको नामले प्रख्यात भयो। श्रीमद्भागवत पनि यिनकै रचना मानिन्छ। वेदव्यासद्वारा विभाजन गरी तयार गरिएको वेद मध्ये ऋगवेदमा २१ शाखा, यजुर्वेदमा १०१ शाखा, सामवेदमा १००० शाखा र अथर्ववेदमा ९ शाखा रहेका छन्। आफूले सङ्कलित गरेको वेद सबै सूत्र रूपमा रहेको र सामान्य मानिसले वेदको अर्थ नबुझ्ने हुँदा वेदव्यासले कथा र प्रतिकात्मक रूपमा वेदको व्याख्या गर्न १८ पुराणको रचना गरेका थिए। यिनीद्वारा रचित पुराणलाई महापुराण पनि भन्ने गरिन्छ।

त्यसमा पनि १८ पुराणमध्ये भगवत् स्थीमत भागवत पुराणको छुट्टै महत्व छ। यस सम्बन्धमा एउटा प्रख्यात भनाइ यस प्रकार छ; एक दिन व्यास बढी चिन्तित मुद्रामा थिए। यसरी चिन्तित हुनुमा उनले धेरै ग्रन्थको रचना गरेपछि उनी त्यसमा सन्तुष्ट नहुनु रहेको थियो। उनी आफ्ना रचनावाट मानवहितका लागि धेरै योगदान दिन चाहन्थे तर त्यो कार्य कसरी गर्ने भन्ने कुरामा उनी अलमलमा थिए। त्यतिकैमा एकदिन नारदमुनि त्यहाँ आइपुगे र भविष्यमा अझ विशेषगरी कलियुगमा मानवजातिले वेदका ऋचामा समाहित ज्ञानको भण्डार खोतल्न नसक्ने बताए। आउँदो कलियुगको लागि मानव मात्रको कल्याण हुने एउटै मात्र मार्ग ‘भक्ति’ रहेको कुरा नारदले वेदव्यासलाई सम्झाए, भक्तिको महिमा वर्णन गर्न एउटा ग्रन्थ निर्माण गर्ने प्रेरणा दिए। यसैको लागि भागवत पुराणको रचना भयो। त्यसै महाभारतको रचनामा पनि त्यस्तै एउटा किंवदन्ती छ। भनिन्छ सुरुमा वेदव्यासले महाभारतको रचना गर्दा मौखिक रूपमा लिपिवद्ध नगरी गरेका थिए। उनले आफ्ना शिष्यहरूलाई महाभारत पढाए। लामो भएकोले महाभारतलाई कसैले लिपिवद्ध गर्न सकेनन्। एकदिन ब्रह्माले वेदव्यासलाई दर्शन दिएर महाभारत लेख्न गणेशको स्मरण गर्ने आदेश दिए। वेदव्यासले गणेश प्रकट भएपछि उनको स्तुति, पूजा पाठ गरेर आफूद्वारा रचित महाभारत लेखिदिन आग्रह गरे। त्यसमा गणेशले म लेख्न त लेख्दछु तर मेरो कलम रोकिन हुँदैन भनेर एक शर्त राखे। त्यसमा वेदव्यासले प्रतिशर्त राखि गणेशलाई मैले भनेका श्लोकको अर्थ नबुझिकन नलेख्न अनुरोध गरे। गणेश तथास्तु भनेर लेख्न सुरु गर्नुभयो। जब गणेश ती श्लोकको अर्थ मनन् गर्न लाग्नुहुन्थ्यो, त्यसबेला व्यास अरू सयौं श्लोकको निर्माणमा लाग्दथे । यसरी एकलाख श्लोक भएको महाभारत रचना भयो। वेदव्यासले वेद, पुराण, महाभारतका अतिरिक्त ५ सय ५५ सूत्र भएको ब्रह्मसूत्र-भाष्य पनि रचना गरेका थिए। वेदव्यास गुरूहरूको पनि गुरू मानिन्छन्। यसैले गर्दा यिनको सम्झनामा अझै पनि गुरु पूर्णिमा अर्तात् आषाढ शुक्ल पूर्णिमा का दिनमा पूजा गर्ने चलन रहेको पाइन्छ। वेदव्यास चरित्र निर्माणमा पोख्त थिए। यसैकारण वेदव्यासले मानव जातिको चरित्र निर्माणका लागि महाभारतको माध्यमबाट आफ्नो सन्देश दिएका छन्। जसमा हिन्दुहरूको आचार धर्म, अर्थनीति, राजनीति लगायत सम्पूर्ण जीवनदर्शनको शारांस अभिव्यक्त गरिएको छ।

नमोऽस्तु ते व्यास विशालबुद्धे फुल्लारविन्दायतपत्रनेत्रः। येन त्वया भारततैलपूर्णः प्रज्ज्वालितो ज्ञानमयप्रदीपः।।

प्राचीन ग्रन्थहरूका अनुसार महर्षि वेदव्यास स्वयं भगवानका रूप थिए। जसलाई निम्न श्लोकहरूद्वारा पुष्टि गरिएको छ।

वेदव्यासलाई परम्परागत रूपमा महाभारत महाकाव्यको इतिहासकारको रूपमा लिइन्छ र महाभारतमा एक महत्त्वपूर्ण पात्रको रूपमा पनि चित्रण गरिएको छ। महाभारतको पहिलो खण्डमा भनिए अनुसार भगवान गणेशले नै व्यासको हुकुममा पाठ लेखेका थिए तर विद्वानहरूले यसलाई महाकाव्यको पछिको प्रक्षेपको रूपमा मानेका छन्। कथाको यस भागलाई महाभारतको आलोचनात्मक संस्करण मा पनि बहिष्कृत गरिएको छ। व्यासको विजय महाभारतको मूल, धृतराष्ट्र (कुरु राजा र कौरवहरूका पिता, जसले कुरुक्षेत्र युद्धमा पाण्डवहरूको विरोध गरे) र उनका सल्लाहकार र सारथी सञ्जयबीचको संवाद हो। सञ्जयले अठार दिनमा लडेको कुरुक्षेत्र युद्धको विवरण कालक्रमअनुसार वर्णन गरेका छन्। धृतराष्ट्रले युद्धले आफ्नो परिवार, साथीभाइ र नातेदारमाथि विनाश ल्याउने डरले विलाप गर्दथे। व्यासदेव महाभारतका हजारौँ श्लोकहरूका रचयिता हुन्। महाभारतबाट थाहा भएअनुसार जब उनी महाभारतको अभिलेख राख्न ब्रह्मालाई शास्त्री नियुक्त गर्ने सुझाव स्वीकार गर्न गए तब ब्रह्माले उनलाई गणेशलाई नियुक्त गर्न भने। अभिलेखिकरण गर्दा एकछिन पनि नरोकिने शर्तमा गणेश लेखक बन्न राजी भए। व्यासले सहमति जनाए तर उनले अर्को शर्त पनि थपे। गणेशले कुनै वाक्यको अर्थ पूर्ण रूपमा नबुझी लिपिबद्ध गर्न सक्दैनन् भन्ने शर्त रहेको थियो। जब गणेश यस शर्तमा सहमत भए, महाभारत लेखन सुरु भएको थियो। व्यासदेवले आफ्नो पद्य लेखनमा समय समयमा केही जटिल श्लोकहरू रचना गर्ने गर्दथे। हिन्दू धर्मशास्त्रका अनुसार महर्षि वेदव्यास त्रिकालग्न्य थिए र उनलाई दिव्य दृष्टिकोणबाट कलियुगमा धर्म कमजोर हुने कुरा थाहा थियो। धर्म कमजोर हुँदा मानिस नास्तिक, कर्तव्यविहीन र अल्पजीविका बन्नेछन्। विशाल वेदको साङ्गोपाङ अध्ययन तिनीहरूको शक्तिभन्दा बाहिर हुनेछ। त्यसैले महर्षि व्यासले न्यून बुद्धि र न्यून स्मरणशक्ति भएकाहरूले पनि वेदको अध्ययन गर्न सकून् भनेर वेदलाई चार भागमा विभाजन गरे। व्यास ती वेदहरूलाई- ऋग्वेद, यजुर्वेद, सामवेद और अथर्ववेदको नाम दिएका थिए। वेदको विभाजनका कारण व्यास वेदव्यासको नामले प्रसिद्ध भए। उनले आफ्ना शिष्यहरू क्रमशः पाइल, जामिन, वैशम्पायन र सुमन्तुमुनिलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद सिकाए। वेदमा निहित अत्यन्त गूढ र शुष्क ज्ञानका कारण वेदव्यासले पाँचौँ वेदको रूपमा पुराणहरूको रचना गरेका थिए जसमा वेदको ज्ञानलाई रोचक कथाको रूपमा वर्णन गरिएको छ।

जवाफ लेख्नुहोस्