मेरो शब्द डटकम नेपाली भाषामा प्रकाशित एक शैक्षिक तथा ज्ञानमूलक अनलाइन वेबसाइट हो। यसले वेबसाइटले शिक्षा, साहित्य, राजनीति, विज्ञान, इतिहास, अर्थशास्त्र, दर्शन र जीवनी आदि विषयहरूमा आफ्नो लेख प्रकाशन गर्ने गर्दछ। मेरो शब्दले नेपाली भाषी शिक्षक र विद्यार्थीहरू सहित मानिसहरूको दैनिक जीवनमा प्रयोग हुने विभिन्न विषयहरूमा धेरै लेखहरू प्रकाशित गर्दछ। नेपाली भाषी पाठकहरू माझ विभिन्न पृथक् विषयवस्तुहरूका साथ यसले थुप्रै ज्ञानमूलक विषयहरूलाई यहाँ साझेदार गरेेको छ।
राजनीतिक, सामाजिक र आर्थिक घटनाक्रमको विश्लेषण गर्दै मेरो शब्द प्रगतिशील समाजवादउन्मुख लोकतान्त्रिक समाज निर्माण गर्न प्रतिबद्ध छ। मेरो शब्दको उद्देश्य जनसङ्घर्षको इतिहासको निरन्तरता र जनसंस्कृतिको निर्माणलाई उजागर गर्नु हो। नयाँ विषयहरूका बारेमा पढ्न चाहनेहरूका लागि “मेरो शब्द” हरेक दिन कम्तीमा एउटा लेख लेख्न तयार हुन्छ।