
आज यसलाई मार्दिन्छु म। विसं २०१८ माघ ९ गते उ हातमा बम लिएर जनकपुर धामको द्वार अगाडि उभिरहेको छ, राजाको पर्खाइमा। कि त आज यो मर्छ कि त म। रगत उम्लिरहेको छ उसको, घात लगाएर बसिहेको छ। शिकार आउने बित्तिकै झम्टन्छु भनेर। उसको योजना जनकपुरधामको दर्शन गर्न आउँदा राजालाई बम हानेर सिधै स्वर्ग पुर्याउने। उसले बम पनि फ्याँक्यो राजाको गाडीमा पनि लाग्यो तर राजालाई केही भएन। उनी नेपाली काङ्ग्रेसका कार्यकर्ता दुर्गानन्द झा थिए। २०१७ पुष १ गतेको कदम पछि पञ्चायती व्यवस्थाको विरुद्ध उनी उत्रिएका थिए। राजा महेन्द्रले जननिर्वाचित संसद् विघटन गरी प्रत्यक्ष शासन लागू गरेर लोकतन्त्रलाई कुण्ठित गरेको भन्दै राजालाई मार्ने उद्देश्यले उसले बम प्रहार गरेको थिए। पूर्वी तराईको भ्रमणका क्रममा जनकपुरको जानकी मन्दिर परिसरमा हजारौँ सेना र प्रहरीको कडा सुरक्षाको बाबजुद पनि उनले बम प्रहार गर्न सफल भएका थिए। भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काङ्ग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजामाथि बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। बमकाण्ड लगत्तै उनी चाँडै नै भारतमा निर्वासनमा गएतापनि विभिन्न आन्दोलनको तयारी गरिरहेका बेला बम काण्डको नाममा ५९ जनालाई पक्राउ गरी कुटपिट गर्दा निर्वासनमा बस्नु उचित नठानेर उनी नेपाल फर्किएका थिए। नेपाल फर्किए लगत्तै उनलाई परबाहा रेलवे स्टेसनमा थुनामा राखेर काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको थियो।
उनलाई नेपालको पहिलो गणतान्त्रिक सहिदको रूपमा पनि लिइन्छ। भारतका एक महान सहिद भगत सिंहबाट प्रभावित दुर्गानन्द क्रान्तिकारी विचारधाराका व्यक्ति थिए। यस घटना पश्चात् दुई निर्वासित समूहले बम विस्फोटको जिम्मेवारी लिएका थिए। जिम्मेवारी दाबी गर्ने समूहहरूमध्ये एक रामराजा प्रसाद सिंहको नेपाल जनवादी मोर्चा थियो। बम प्रहार पश्चात् व्यापक रूपमा गिरफ्तारीका घटनाहरू घटेका थिए भने एक स्रोतका अनुसार १,४०० जनालाई गिरफ्तार गरिएको थियो। विसं २०२० माघ १५ गते केन्द्रीय कारागार काठमाडौँमा राजालाई मार्ने उद्देश्यका साथ राजा चढेको गाडीमा बम प्रहार गरेको अभियोगमा उनलाई गोली हानेर मृत्युदण्ड दिइएको थियो। मृत्युदण्डको समयमा उनी २१ वर्षका थिए। विसं २०५० सालमा राजा महेन्द्रको स्थानमा दुर्गानन्द झाको शालिक बनाउने प्रस्ताव गरिएतापनि राजा महेन्द्रका छोरा राजा वीरेन्द्रले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए। पञ्चायती अधिनायकत्वको पतनपछि आमनिर्वाचन जितेको लोकतान्त्रिक पार्टीले झाको बलिदानको उचित सम्मान गरेको थिएन। यो उपेक्षाले स्थानीय भावनामा चोट पुर्याएको देखिन्छ। नेपालमा राजतन्त्रले सत्ताको स्थान कायम राखेकाले मूलधारमा कहिल्यै नगएका लोकतान्त्रिक पार्टीहरूले उनलाई सहिदको रूपमा लिने गरेका छन्। राजाहरूले आफूविरुद्ध विद्रोह गर्ने कार्यलाई सधैँ निरुत्साहित गर्दै आएका थिए। बम विस्फोटको प्रतिक्रियामा सरकारले एक नयाँ कडा फौजदारी कानून, विनाशकारी अपराध ऐन लागु गरेको थियो। बम विस्फोटले मूलधारको विपक्षी दल नेपाली काङ्ग्रेसलाई पनि विसं २०४२ जेठ १० का दिन मा सुरु गरिएको सत्याग्रह सविनय अवज्ञा अभियान फिर्ता लिन उत्प्रेरित गरेको थियो। त्यस समयमा, जारी नागरिक विपक्षी अभियानलाई बदनाम गर्नका लागि राजावादी कट्टरपन्थीहरू घटनाहरूमा संलग्न भएको हुन सक्ने अफवाहहरू निरन्तर फैलाइएको थियो।