सच्चा देशभक्त र दूरदर्शी राजा, महेन्द्र

नेपालको शाहवंशीय राजसंस्था अन्तर्गत राजा महेन्द्र नेपालका नवौँ राजा थिए। राजा त्रिभुवनकी जेठी रानी कान्ति राज्यलक्ष्मी देवी शाह कोखबाट विसं १९७७ जेठ ३० गतेका दिन जन्मिएका राजा महेन्द्र त्रिभुवनको निधन भएपछि विसं २०११ फागुन ३० गतेका दिन नेपालका राजा बनेका थिए। उनले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म नेपालको राजाको रूपमा सेवा गरेका राजा महेन्द्रले १२ वर्ष भन्दा छोटो समयसम्म शासन चलाएर छोटो समयमा नै राष्ट्र सुधारका विभिन्न कार्य तथा दूरदर्शी कदमहरू चालेका थिए। विसं १९९७ वैशाख २९ गते हरि शमशेर जबराकी छोरी इन्द्र राज्यलक्ष्मी देवी शाहसँग विवाह गरेका महेन्द्रको विवहा पूर्व दरबारकी नोकर्नी गीता गुरुङसँग सम्बन्ध रहेको थियो। उनीहरूको सम्बन्धबाट रवीन्द्र शाहको जन्म भएको थियो तर यसको बाबजुद पनि गीतालाई रानी र रवीन्द्रलाई पनि राजकुमारको पदवी दिइएको थिएन। इतिहासका अनुसार महेन्द्रका छ जना सन्तानहरू मध्ये सबै इन्द्रलेनै जन्माएकी थिइन्। राजा महेन्द्र भन्दा अघिका राजाहरूले एकभन्दा बढी रानीहरूसँग विवहा गर्ने चलन भएतापनि राजा महेन्द्र त्यस्तो चलन ठीक नभएको भन्दै एक रानीसँग मात्र विवहा गर्ने घोषणा गरेका थिए। जहाँ उनीका तीन छोरा वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र र तीन छोरी शान्ति, शारदा र शोभा रहेका थिए। तर इन्द्रको निधन पछि त्यसको दुई वर्षपछि इन्द्रकी बहिनी रत्नासँग उनले विवाह गरेका थिए।

राजा त्रिभुवनको उत्तराधिकारीको रूपमा नेपालको राजा भएका महेन्द्रले त्रिभुवनको उपचारका लागि युरोप प्रस्थान गर्दाको समयमा तत्कालीन राजा त्रिभुवनबाट शासनाधिकारको अख्तियार पाएका थिए। उनको राज्याभिषेक विक्रम सम्वत् २०१३ वैशाख २१ मा भएको थियो। एक सच्चा देश प्रेमी राजा भएकाले महेन्द्रले विसं २००७ सालमा भारतको सहयोगमा प्रजातान्त्र आएपछि भारतीय अस्तक्षप ह्वात्तै बढेको थियो र तत्कालीन नेताहरू पनि भारतको इसारामा चल्ने गरेको आरोप लागेको थियो। महेन्द्र देशको राजा भएपछि सबैभन्दा पहिले उनले राजदरबारमा नियुक्त भएका भारतीय कर्मचारीहरूलाई निकालिदिएका थिए। त्यसपछि उनले मन्त्रीपरिषद्को बैठकमा भारत निकट मन्त्री तथा कर्मचारीहरूलाई बैठकमा उपस्थित हुनबाट रोक लगाएका थिए। भारतले आशा गरेको भन्दा फरक ढङ्गको विदेश निति अबलम्बन गरेको थियो। महेन्द्रले विक्रम सम्वत् २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाएका थिए। यही आधारमा उनलाई प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाह जस्ता आरोपहरू लागेको थियो। महेन्द्र एक महत्त्वाकांक्षी राजा भएकाले उनीमा आफैँले प्रत्यक्ष शासन चालाउने मोह रहेको थियो। यसको मुख्य कारण नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु रहेको थियो। त्यसपछि उनले भारत चीन बीच सन्तुलन सम्बन्ध राख्दै ५१ देशहरूसँग कूटनीतिक सम्बन्धको पनि निर्माण गरेका थिए। उनले दक्षिणी र उत्तरी सीमामा राखिएका भारतीय सेनाहरूलाई पनि हटाउन लगाएका थिए। भारू प्रचलित त्यसबेलाको समयमा महेन्द्रले नेपाली रूपैयाँको प्रचलन गरेका थिए।

योजनाबद्ध विकासको सुरुवात गरी उनले वि.सं. २०१३ मा पञ्चवर्षीय योजनाको अवधारणाको विकास गरेका थिए। नेपाल राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढङ्गबाट नेपाल भारतमा निर्भर रहेको थियो। विसं २००७ सालदेखि विसं २०११ सम्मको अवधिमा भारतसँग नेपालको आर्थिक निर्भरता ९५ प्रतिशत भन्दा बढी रहेको थियो। महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याउन सफल भएका थिए। त्यसपछि उनले आर्थिक तथा प्रशासनिक संरचनाहरूको निर्माणमा ध्यान केन्द्रित गर्दै नेपाल राष्ट्र बैङ्क र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गर्नु लगायत विदेशी राष्ट्रहरूको सहयोगमा भौतिक पूर्वाधारहरू निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरेका थिए। बालाजु औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, वीरगञ्ज चिनी कारखाना, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल आयल निगम, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू, सबै उनकै पालामा स्थापना भएका थिए। महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग र अरनिको राजमार्ग जस्ता मुख्य सडकहरूको निर्माण राजा महेन्द्रकै पालामा भएको थियो। उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्दथ्यो। राजा महेन्द्रले विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरेका थिए। राजा महेन्द्रले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए। तर, भारतले नमानेपछि सोभियत सङ्घको सहयोग लिएका थिए। ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकर्षित भएको थियो। ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौँडा नारायणगढ खण्ड एसियाली विकास बैङ्क, नारायणगढ-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतको सहयोगमा निर्माण सम्पन्न भएको थियो। यसबाहेक उनले विसं २०२४ सालमा गाउँ फर्क अभियानको पनि सुरुवात गरेका थिए।

२०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लैङ्गगिक भेदभाव विरुद्धको नीति अख्तियार गरेका थिए। २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित गरेका थिए। उनले २०१३ सालमा राष्ट्रिय योजना आयोगको स्थापना, २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगम स्थापना, त्यसपछि कर्मचारी वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याएका थिए। २०१८ साल वैशाख १ गते १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी प्रसासनिक विकेन्द्रीकरण, २०२० सालमा जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन, २०२१ सालमा किसानहरूलाई मोहियानी मोहियानी हक दिलाउनु, त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गर्दै भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरू विस्थापित गराएका थिए। यसबाहेक उनले विसं २०२४ सालमा गाउँ फर्क अभियानको पनि सुरुवात गरेका थिए। महेन्द्र उच्चकोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए। इतिहासलाई फर्केर हेर्ने हो भने उनको कदम दूरदर्शी र राष्ट्रिय भावना सुदृढ गर्ने खालको भएको भान हुन्छ।

जवाफ लेख्नुहोस्