अनुप सादी, जसले मेरो दिमागमा बङ्गाली भाषाको कीरा छिराइदिए।

अनुप सादीद्वारा लिखित साहित्य समालोचना अन्तराश्रम

कुरा हो आज भन्दा ४ वर्ष अगाडिको। अचानक फोन आउँछ। हेलो हजुर नमस्कार, म विप्लव आनन्द, तपाई हिमाल सुवेदी हो? ओहो! दाइ सञ्चै हुनुहुन्छ? हजुर, म हिमाल हो, मैले तपाईलाई सम्पर्क गर्ने कोसिस पहिलेदेखिनै गरेको थिएँ। धन्यवाद। तपाईले दिएको आवेदन हामीले हेरेका छौँ, तपाई लहान सहर आउनुसक्नु हुन्छ। यहाँ विकिकार्यशाला २०७५ आयोजित हुदैछ। मङ्सिरको महिनाको अन्त्य तिर तीन दिनसम्म। म उहाँसँग पहिलेदेखिनै सम्पर्कमा थिएँ तर यस कार्यक्रममा म सहभागी हुँदैछु भनेर मलाई थाहा थिएन। तर जे होस् नयाँ साथी, नयाँ अनुहार, देश विदेशका विकिपिडियाका प्रतिनिधिहरूसँग साक्षरता हुने भने भन्नेमा म ढुक्क भए। म र भाइ पर्वत ७ मङ्सिर २०७५ मा लहान गयौँ। चितवनको भरतपुरबाट ६ घण्टाको लामो यात्रा पछि हामी सिरहा जिल्लाको लहान सहरमा पुग्यौँ। ओहो! विल्कुलै नयाँ सहर, नयाँ ठाउँ, नयाँ व्यक्तिहरू। हामी लहानको होटेल सिम्रिकमा गयौँ। सामाजिक सञ्जालहरूमा केही नेपाली विकिपिडिया सम्पादकहरूसँग म सम्पर्कमा थिएँ, त्यहाँ उहाँहरूलाई भेट्न पाइयो। छिमेकी देश भारतबाट हिन्दी विकिपिडिया प्रयोगकर्ता तथा पञ्जावी विकिपिडियाका प्रयोगकर्ता साथीहरूको उपस्थिति पनि त्यहाँ देखिएको थियो। केही साथीहरूसँग सामान्य कुराकानी, परिचिय भएको थियो हाम्रो। तर म भाग्यमानी रहेछु, यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा। छिमेकी देश भारतबाट केही साथीहरू तथा बङ्गलादेशबाट एक जनाको सहभागीता थियो। उहाँ अरू कोही नभएर लेखक तथा कवि अनुप सादी थिए। बङ्गाली विकिपिडियाको तर्फबाट एक जना प्रतिनिधि। स्वभाविक रूपमा अरूलनई जस्तै मलाई पनि लाग्यो उहाँ भारतीय हुनुहुन्छ भनेर तर म गलत रहेछु। उहाँ बङ्गलादेशी हुनुहुँदो रहेछ। तीनदिनको कार्यक्रममा हाम्रो टोलीले केही पर्यटकीय स्तरहरूको पनि भ्रमण गर्न भ्यायौँ। उहाँसँग हाम्रो भेट हुन्छ। तपाईको नाम? हजुर म अनुप सादी। तपाई कहाँबाट आउनु भएको। हजुर म बङ्गलादेशबाट। म छक्क पर्छु ओहो! म त नेपालीमा पो बोलिरहेको छु, तर उहाँ नेपाली राम्रोसँग बुझ्नु हुँदो रहेछ। ओहो! कस्तो अचम्म, यो कसरी सम्भव छ? एक जना बङ्गलादेशीले नेपाली भाषा कसरी बुझ्न सक्छ? न बङ्गालीसँग नेपाली भाषाको लिपि मिल्छ न नै भाषा, तर यो त आश्चर्यको कुरा भयो। पूर्णतया त होइन तर उहाँ हामीले बोलेको कुराहरू बुझ्न र अङ्ग्रेजीमा उत्तर फर्काउन सफल हुनुहुन्थ्यो। मलाई होइन सबैलाई अचम्म लाग्यो, अरू साथीहरू पनि उत्सुकताका साथ उहाँसँग कुराकानी गर्न चहानुहुन्थ्यो। औपचारिक रूपमा कार्यक्रमको सुुुरुवात हुन्छ, केही मन्त्रीहरूको पनि उपस्थिति देखिन्छ। मुख्यरूपमा त्यहाँका एक वरिष्ठ मन्त्री द्वारा द्वीप प्रज्वलनका साथ कार्यक्रमको सुरुवात हुन्छ। सबै जना एक एक गर्दै आफ्नो परिचय दिनमा व्यस्त छन्। पछि मेरो पनि पालो आयो। मैले आफ्नो परिचय दिएँ, सबै जना मलाई हेर्दै थिए। सायद सबैभन्दा कान्छो उपस्थिति भएको भएर होला। औपचारिक रूपमा कार्यक्रमको सुरुवात पछि म यहाँको छेउमा गएर बसेँ। हामीबीच अङ्ग्रेजीमा कुरा हुन्छ। म त्यति राम्रो अङ्ग्रेजी त जान्दिनँ तर सामान्य कुराकानी अङ्ग्रेजीमा गर्न म सक्षम छु जस्तो लाग्छ। म उहाँलाई उत्सुकताका साथ हेर्छु। तपाई कहाँ बस्नुहुन्छ बङ्गलादेशमा। म मयमनसिंहमा बस्छु, अनि तपाई चाँही। हजुर म नेपालको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा। हामीबीच थप केही संवाद पनि भएको थियोे। म उहाँलाई देखेर अचम्ममा परे। तपाईले नेपाली भाषा कसरी सुक्नुभयो? म केही वर्ष अगाडि काठमाडौँमा बसेको थिएँ त्यहाँ हुँदा मैले केही कुरा सिक्ने मैका पाए। खासमा नेपाली र बङ्गाली भाषा बीच एकदमै ठूलो अन्तर त देखिँदैन। दुवै भारोपेली भाषा परिवार अन्तर्गत पर्ने दुई महत्त्वपूर्ण भाषाहरू हुन्। त्यस पछिको कार्यक्रमको उहाँको प्रस्तुति रहेको थियो। उहाँ भन्दै हुनुहुन्थ्यो, विकिपिडियाको गहिराइ कसरी वृद्धि गर्ने र यसलाई कसरी सम्वृद्ध बनाउने। अरूले ध्यान दिएका सुनेका छन् वा छैनन् मलाई थाहा छैन तर म चाँही ध्यान दिएर सुनिरहेको छु। कुर्सीहरूलाई गोलो पारामा मिलाएर राखिएको, सजाइएको छ विभिन्न सजावटहरूद्वारा। विभिन्न किसिमका उपकरणहरूको जडान देखिन्छ, त्यो एउटा ठूलो हल कोठा थियो, त्यति ठूलो त होइन। उहाँ एक ठाउँमा बस्नुभएको छ म हेरिरहेको छु। म उहाँको नजिक गएर कुरा गर्न चाहन्थे, त्यसै गरेँ। म हेरिरहेको छु उहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेख बङ्गाली विकिपिडियामा निर्माण गर्दै हुनुहुन्थ्यो, आफ्नो ल्यापटपमा। वाह्! साँच्चिकै हाम्रो लागि एक गर्वको विषय। त्यसबाट मलाई नयाँ उर्जा मिल्छ। यदि उहाँ नेपालको ’boutमा यति धेरै चासो राख्नुहुन्छ भने हामीले पनि हाम्रो तर्फबाट केही गर्नुपर्ने हुन्छ। बङ्गलादेश र बङ्गाली जातिहरूको ’boutमा यहाँ खासै कसैलाई थाहा छैन। भाषामा र लिपिमा समानता नहुने भएको हुन सक्छ। उहाँ नै त्यो व्यक्ति हुनुहुन्थ्यो जसले मलाई त्यहाँ एक नयाँ किसिमको ऊर्जा प्रदान गर्‍यो। मैले त्यस दिनबाट अठोट लिएँ, जुनै हालतमा पनि म बङ्गाली भाषा सिकेरै छाड्छु। त्यस पछि मेरो अध्ययनले निरन्तरता पायो। यदि कोही मेरो मातृभाषा प्रति रूचि राख्छ र त्यसलाई सिक्न चाहन्छ भने हामीले उहाँलाई सहयोग गर्नु पर्छ। मातृभाषी भएको नाताले। यसै प्रकार बङ्गाली भाषा सिक्ने मेरो प्रतिबद्धतालाई पनि थुप्रै साथीहरूले समर्थन जनाउँदै मलाई सक्दो सहयोग गर्दैछन्। हालसम्म पनि। म उहाँलाई सोध्छु,” यो के लेखिएको हो? निकै क्यार्‍ङकुरुङ छ, अझै भने यो त भूत जस्तो देखिन्छ। उहाँ हाँस्दै भन्नुहुन्छ डराउनु पर्दैन यो त निकै सहज पो छ त। मलाई सुरुमा त्यस्तो लागेन। मुस्किलले एक अक्षर पनि चिन्न सक्दिनँ थे। उहाँ भने सामान्य अक्षर पढ्न सक्नुहुन्छ। नेपाली बोलेको बुझ्नु पनि हुन्छ। यसबाहेक धेरै थोरै नेपालीमा बोल्ने प्रयास पनि गर्नु हुन्छ। उहाँले सुरुमा भनेको एउटा कुरा मलाई सधैँ याद रहन्छ। यो बङ्गाली भाषाको “र” वर्ण हो, हेर्दाखेरी नेपालीको “ब” समान देखिन्छ। त्यसपछि बङ्गलदेश र बङ्गालसँग सम्बन्धित लेखहरूको सिर्जना गर्न म लागिपर्दछु। त्यो मेरो लागि नयाँ विषय पनि थियो, आज भन्दा पहिले कहिलेपनि थाहा नभएको। खोजी पनि नगरिएको चासो पनि नभएको। यहाँ मलाई बङ्गलादेशको जिल्लाहरूको नामसँग परिचित बनाउँदै त्यसलाई एकएक गर्दै उच्चारण गर्दै जानुहुन्छ। म लेखेको त बुझ्दिनँ थे, तर उच्चारणलाई मैले मोबाइलको नोट प्याडमा बचत गरेर राखेँ। सुरुमा केही जिल्लाहरूको नाम। म लेख बनाउँदै छु। एक एक गर्दै सबैलाई सकाउनु पर्ला। यो हाम्रो भेट मेरो र उहाँको लागि सदा यादगारको विषय बन्यो। त्यस पछिका दिनहरूमा पनि म उहाँलाई पछ्याइरहेको छु। कार्यक्रममा के हुँदै छ उहाँ त्यसलाई जस्ताको त्यस्तै लेख्दै जानुहुन्छ। जे होस् घर फर्किने बेलामा एक नयाँ र निकै पृथक् अनुभवका साथ म आएँ। त्यस दिनदेखिको बङ्गाली भाषा प्रतिको मेरो रूचि र उत्सुकतालाई मैले कहिलेपनि कम हुन दिइनँ। अझै पनि नयाँ नयाँ शब्दहरू र शब्दभण्डार विस्तार गर्न लागिपरेको छु। तर यहाँ एउटा कुरा के हो भने बङ्गाली भाषाको क्षेत्र नेपालीमा केही पनि छैन, कसैलाई पनि त्यस विषय प्रति चासो पनि हुँदैन। तर अरूले चासो दिँदैनन् भन्दैमा आफुले गरेको अठोटबाट म पछि पर्न चाहिनँ र कहिलै पनि परिन। त्यसपछिका दिनहरूका थुप्रै मित्रहरूसँग मेरो कुराकानी र परिचय हुन पुग्छ। उहाँहरू पनि चकित नै हुनुभएको थियो। केही साथीहरू भन्दै हुनुहुन्थ्यो तपाई पक्कै पनि नेपाली होइन र भइहालेपनि तपाई बङ्गाली वंशको कोही हुनुहुन्छ भनेर। तर त्यो पूर्णरूपमा गलत थियो। जसरी म अनुप सरलाई देखेर चकित थिएँ। उहाँहरू पनि मैले बङ्गाली भाषा सिकेको र बोल्न सक्ने भएकोमा चकिनै हुनुहुन्थ्यो। ४ वर्ष अगाडि। तर राम्रोसँग नियाल्दा यसमा चकित हुनुपर्ने कुरा त केही छैन, असम्भव पनि केही छैन, जसले पनि जुनसुकै भाषा सिक्न सक्छन्। फरक यति हो कि कोसँग कुन भाषाको लगाव बढी छ त्यसमा फरक पर्छ। तर आजको दिनसम्म आइपुग्दा अनुप सादीनै त्यस्तो एउटा व्यक्ति हुन् जसले मलाई बङ्गालादेश र बङ्गालीहरू माझ परिचित बनाए। म उहाँको यो गुनलाई कहिलेपनि बिर्सिने छैन। उहाँ एक असल व्यक्ति हुनुहुन्छ, सबैसँग मिलनसार, भलाद्मी। अझ भन्नु पर्दा उहाँ आफ्नो मातृभाषामा कला चलाउने पनि कोसिस गर्नुहुन्छ, केही लेख तथा कविताहरू पनि लेख्नु भएको छ। मैले लेखहरू पढ्ने योजना बनाएको छु। नेपाली अनुवाद पनि गरे अझै राम्रो हुने थियो। मलाई आशा छ हाम्रो भेट फेरि पनि निकट भविष्यमा हुनेछ। 

जवाफ लेख्नुहोस्