
स्वतन्त्रता युद्ध जब सुरु भयो तब म तेइस वर्षको थिएँ ढाका विश्वविद्यालयको विद्यार्थी। मैले रसायनशास्त्रमा सम्मान स्नातकको परीक्षा दिएँ, प्रयोगात्मक परीक्षाको पर्खाइ छु। राम्रोसँग समय बिताइरहेको छु। अब एक वर्ष एमएससी उतिर्ण गर्नेछु। त्यसपछि विश्वविद्यालयमा अध्यापकको रूपमा सामेल हुनेछु। विद्यावारिधि गर्न देश बाहिर जानेछु। कथा–उपन्यासमा आदर्श र एक असल विद्यार्थीका केही चित्रहरू कोरिएका छन् म पनि त्यस्तै थिएँ एक असल आदर्श विद्यार्थी। प्रायः असल आदर्श विद्यार्थीको साथीहरू हुँदैनन्, मसँग पनि थिएनन्। उनीहरूको समय पुस्तक पढेर बित्दै थियो, मेरो पनि। सन् १९७१ को जनआन्दोलनको सबैभन्दा चरम विन्दुमा म एक उत्साहित, जाँगरीलो युवा थिएँ, जसको एक मात्र मनोरञ्जनको सामग्री सार्वजनिक पुस्तकालयमा कथाका पुस्तकहरू पढ्नु, शरिफ मियाँको क्यान्टिनमा चिया पिउँदै, कहिलेकाँही बाङ्ला एकेडेमीमा जानु थियो। त्यहाँ प्रायः सङ्गीतका सभाहरू हुन्थे। म जहाँ भए पनि साँझ नपर्दै मोहसिन हलस्थित आफ्नो कोठामा आइपुग्थेँ। एक असल विद्यार्थी भएकाले मैले त्यहाँ एउटा कोठा पाएको थिएँ। मैले मेरो कोठालाई विभिन्न प्रकारका पुस्तकहरूले भरिदिएको छु। सङ्गीतप्रतिको मेरो कमजोरी देखेर मेरो बुबाले मलाई एक रेकर्ड प्लेयर किन्दिनु भयो। जब बाहिर भयानक आन्दोलन भइरहेको हुन्थ्यो तब म ढोका बन्द गरेर सङ्गीत सुन्थे – आन्दोलनकारीहरू यो कस्तो चञ्चलता? सन् १९७१ मा मैले त्यति मेहनत गरेर सजाएको संसार पुरै चकनाचुर भयो। म जुन परिस्थितिमा थिएँ, त्यसको लागि म कुनैपनि हालतमा मानसिक रूपमा तयार थिइनँ। छायाँले घेरिएको शान्त पोखरीको माछालाई एकाएक चैतमा जलिरहेको जमिनमा पछारेको जस्तो। कस्तो अनौठो अनुभव! भाइबहिनीसँग एक ठाउँबाट अर्को ठाउँमा भौतारिरहुको छु। शरशिना आफ्नो जीवन रक्षाका लागि मदरसाको विद्यार्थीको रूपमा भर्ना हुन गएकी छिन्। पीर साहेबको मदरसामा। पाकिस्तानी सेनाले गोलीले भरिएको बाकस मेरो टाउकोमा सुम्पिदिएका छन्। अकल्पनीय वजनको गोलीको बाकस टाउकोमा बोक्दै म बरहट्टादेखि नेत्रोकोनासम्मका सेनाहरूसँगै हिँडिरहेँ। केही समय सेनाको बन्दिशिविरमा पनि बिताए। कस्तो भयानक यातना। एक दिन बिहानै एक जना सैनिक म भएको ठाउँमा आयो र मलाई एउटा केरा दिँदै भन्यो,”‘भोलि बिहान तँलाई गोली हानेर मारिनेछ। यो तेरो लागि राम्रो कुरा हो। यदि तँ निर्दोष छन् भने, तँ सीधै स्वर्ग जान्छन् तर यदि तँ दोषी छस् भने मृत्युनै त्यो दण्ड हो जसको लागि तँ योग्य छस्”
मैले यी घटनाहरूका ’boutमा विभिन्न समयमा केही पत्रपत्रिकाहरूमा लेखेकी छु। स्वतन्त्रता युद्धको आनन्द, पीडा, निराशा र उदासीका ’boutमा धेरै लघुकथाहरू लेखेको छु। मैले केही उपन्यास पनि लेखेकी छु। एकक्षण स्वतन्त्रता युद्धको सम्पूर्ण समयलाई निरन्तरता दिन उपन्यास लेख्नुपर्छ जस्तो लाग्थ्यो। मानिसले यस्तो पितृऋण-मातृऋण चुक्ता गर्नु पर्दछ। धर्तीमातको ऋणलाई पनि चुक्ता गर्नु पर्दछ, एउटा लेखकले त्यो ऋण लेखेर मात्र चुक्ता गर्न सक्दछ। मैले लेख्न थालेँ। जोश्ना र जननीको कथा धारावाहिक रूपमा कागजमा छापिन्छन्। मैले कहिल्यै पनि त्यो धारावाहिकतालाई पूरा गर्न सक्दिनँ। मैले त्यो पनि सकिनँ । मैले छ-सात किस्सा लेख्नपछि लेख्न छाडेँ। त्यसको दुई वर्षपछि मैले फेरि सुरु गरेँ। फेरि केही किस्साहरू लेखेपछि बन्द गरिँदिएँ। अब लेख्न सकिएन। म अन्य लेख लेख्छु, नाटक बनाउँछु, चलचित्र बनाउँछु, स्वतन्त्रता युद्ध’boutको लेखन अब कब्जा गरिँदैन। कहिलेकाँही मलाई असाध्यै नराम्रो लाग्छ– त्यसपछि म एक दिन लेख्छु भन्दै आफूलाई सान्त्वना दिन्छु। जब व्यस्तता अलिक कम हुन्छ तब लेख्न सुरु गर्नेछु। अझै समय बाँकी छ। धेरै समय। एक दिन अचानक मैले महसुस , मसँग अब धेरै समय बाँकी छैन। समय सकियो। चाँदनी र जननीको कथा अब लेखिने छैन। म सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालको ट्रलीमा सुतिरहेको थिएँ। दुई जना नर्सले ट्रलीलाई धकेल्दै मलाई अपरेसन टेबलमा लगिरहेका छन्। मेरो ओपन हार्ट सर्जरी हुनेछ। मलाई लठ्ठ पार्ने सुई दिइयो। आँखाका नानीहरू गह्रौँ हुन थालेका छन्। अस्पतालमा प्रकाशको तीव्रता द्रुत गतिमा घटिरहेको छ। जब म बेहोस हुन थालेँ मलाई लाग्यो चाँदनी र जननीको कथा लेखिएको छैन। यदि मलाई पृथ्वीमा फेरि एक पटक फर्कने मौका दिइयो भने म निश्चित रूपमा यो लेख समाप्त गर्नेछु। जब म बेहोस हुँदै थिएँ, म एकाएक आनन्दले ओतप्रोत भएँ। त्यही बेला मैले पहिलो पटक महसुस, म वास्तवमा एक लेखक हुँ। मृत्युको नजिक पुग्नुअघि अधुरो लेखलाई पुरा गर्ने मेरो एक मात्र विचार थियो। देश फर्केएपछि मैले आफ्नो हातलाई लेखनमा लगाएँ। शरीर निकै कमजोर भएको छ। म दिनमा दुई वा तीन पृष्ठभन्दा बढी लेख्न सक्दिनँ। यसरी नै मैले लेखन समाप्त गरेँ। अब मलाई लागेको छ मैले धर्ती माताको ऋण तिर्ने प्रयास गरेको छु। यो आनन्दको कुनै सीमा रहेन। चाँदनी र जननीको कथा इतिहासको पुस्तक होइन, उपन्यास हो। तैपनि मैले इतिहासको धेरै नजिक रहने कोसिस गरेँ। गल्ती पनि हुन सक्छ।
यो पनि सामान्य कुरा हो। यो उपन्यास धर्म ग्रन्थ नभएपनि यहाँ गल्तीहरू संशोधन गर्ने उपाय रहेका छन्। उपन्यासको एक पात्रको रूपमा मैले त्यस समयका केही अति महत्वपूर्ण व्यक्तिहरूलाई ल्याएको छु। यो स्वतन्त्रता उपन्यासकारलाई हुन्छ। यदि मैले महत्वपूर्ण व्यक्तिहरूको चरित्र चित्रण गर्दा कुनै गल्ती गरेको छु भने, म यसको लागि अग्रिम माफी माग्छु। “लेखकले जे लेख्छ, त्यो सत्य हो” भन्ने प्रसिद्ध भनाइ मलाई याद आउँछ। उपन्यासमा वर्णन गरिएका प्रायः सबै घटनाहरू सत्य हुन्। र केही आफ्नै अनुभवबाट लेखिएका छन्। केही अन्य व्यक्तिहरूको अनुभव उधारो लिएको छु। मैले यो उपन्यासको पाण्डुलिपि प्रकाशित हुनुभन्दा पहिले धेरैलाई पढ्न दिएको थिएँ। स्वतन्त्रता युद्ध नदेखेकाहरूले (म यो पुस्ताका पाठकहरूको कुरा गर्दैछु) यो उपन्यास पढेपछि उनीहरूलाई धेरै घटनाहरू काल्पनिक लाग्छनेछ। उनीहरूलाई एउटा मात्र कुरा भन्न चाहन्छु– त्यो एकदमै अनौठो समय थियो। सपना र दुःस्वप्न मिश्रित एक संसार। पुस्तक वास्तविक छ र अरू सबै अवास्तविक छन्। म त्यो भयानक सुन्दर अतियथार्थवादी समयबाट गुज्रिरहेको छु। यदि मैले यसलाई अलिकति पनि थाम्न सकेँ भने मेरो मानव जीवन धन्य हुन्छ। जोशना र जननीको कथा पुस्तकको ’boutमा विभिन्न जानकारी दिन मलाई सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। स्वतन्त्रता युद्धको समयमा प्रकाशित सबै पुस्तकहरूले मलाई धेरै मद्दत गरेका छन्। विशेषगरी रवीन्द्रनाथ त्रिवेदीद्वारा लिखित एकात्तोरेर दसमास पुस्तकको उल्लेख गर्दैछु। उहाँले लामो दस महिनाको दैनिक घटनाहरू अति सुन्दर तरिकाले व्यवस्थित गर्नुभएको छ। लेखकहरूको डायरीजस्ता लेख पुस्तकहरूले पनि मलाई धेरै सहयोग गरेका छन्। ढाका सहरमा हरेक दिन के भइरहेको छ भन्ने कुरा डायरी पढेर बुझिन्थ्यो। तर यस सन्दर्भमा म एक सानो हिचकिचाहटको ’boutमा कुरा गर्दछु। डायरीका राष्ट्रिय ग्रन्थहरू पढेपछि मलाई लाग्यो, सोही समय ती लेखहरू लेखिएका रहेनछन्। पछि यसलाई मितिको साथ व्यवस्थित गरिएको रहेछ। ’cause एउटाले एउटा विशेष दिनमा लेखिरहेको छ– बिहानदेखि ढाका सहरमा भारी वर्षा, अर्कोले त्यही दिन लेख्दै थियो– कडा घाम। ढाका सहर घाममा चम्किरहेको छ। एउटाले लेखिरहेको छ – प्रवासी सरकारले सपथ लिएको खबर भर्खरै प्राप्त भयो।
तर शपथ ग्रहण समारोह त्यसको दुई दिनपछि मात्र आयोजित गरिएको थियो। डायरी लेखनमा राजनीतिक विचारधाराले पनि काम गरेको छ। कोही-कोहीको डायरीमा सबै दैनिक विवरणहरू लेखका छन् तर जियाउर रहमान नाम एक मेजर जसले कालुरघाट रेडियो स्टेसन मार्फत स्वतन्त्रता आन्दोलनमा लड्नका लागि सबैलाई आह्वान गरेको कुरा उल्लेख छैन। उनको नाम पनि त्यहाँ उल्लेखित छैन। राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको ७ मार्चको प्रसिद्ध भाषणको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। न्यायाधीश मोहम्मद हाबिबुर रहमान साहेबको ‘बाङ्लादेशेर तारिख’ नाम प्रसिद्ध पुस्तक अनुसार भाषणको अन्त्यमा शेख मुजिबुर रहमानले भनेका थिए ‘जय बाङ्ला’, ‘जिये पाकिस्तान’, तर दोस्रो संस्करणमा उनले ‘जिये पाकिस्तान अंशलाई हटाएका थिए। कवि शाम्सुर रहमानद्वारा लिखित आत्मकथा जुन दैनिक जनकण्ठमा ‘कालेर धुलोय लेखा’ शीर्षकमा शृङ्खलाबद्ध रूपमा प्रकाशित भएको छ। त्यहाँ उनले शेख मुजिबुर रहमानका अन्तिम शब्द ‘जिये पाकिस्तान’ भएको भनी उल्लेख गरेका छन्। मैले यस्तो कुरा अन्य व्यक्तिहरूबाट पनि सुनेको छु, जो आवामी विचारधाराका मानिसहरू हुन्। ८ र ९ मार्चका सबै पत्रपत्रिकाहरूको अनुसन्धान गर्दा म स्वयंले त्यस्तो कुनै जानकारी प्राप्त गर्न सकिन, एक समस्या। त्यसोभए त्यहाँ किन गलत धारणा छ? यदि बङ्गबन्धुले ‘जिये पाकिस्तान’ भनेका थिए भने यो कुनै गलत कार्य होइन। उनले जे बोले त्यो विचारणीय हुनुपर्छ। उनले पाकिस्तानसँग वार्ताका लागि बाटो खुला राख्नुपर्छ । उनले आफ्नो समय लिनुपर्छ। उनी मार्च ७ मा युद्धको घोषणा गर्न सक्ने अवस्थामा थिएनन्। मलाई लाग्छ, बङ्गबन्धुको ७ मार्चको भाषण गेट्सबर्गको सम्बोधनभन्दा बढी महत्वपूर्ण छ। यहाँ कुनै अस्पष्टता हुनु हुँदैन। मैले बङ्गलादेश सरकारको सूचना मन्त्रालयले प्रकाशित गरेको मुक्तियुद्धदस्तावेजका पन्ध्र खण्डमध्ये सात खण्ड पढेको छु। यो उपन्यासमा मैले स्वतन्त्रता युद्धको दस्तावेजहरूबाट धेरै भागहरू प्रत्यक्ष रूपमा प्रयोग गरेँ। यी दस्तावेजहरू लिएर मेरा केही सन्देह रहेका छन्। म यति मात्र भन्छु-राजारबाग पुलिस लाइनमा कैद भएका युवतीहरूमाथि यातना दिइएको ’bout बयानहरू रेकर्ड गरिएको छ। भनिन्छ, उनीहरूलाई खुट्टामा बाँधेर झुन्डाइएको थियो। मोज मस्तीका लागि यसरी युवतीहरूलाई झुन्डाएर राख्नुको कारण मलाई स्पष्ट लागेन। तैपनि, मैले अनुमान लगाएँ, उनीहरूको साथ सोही हर्कत गरिएको थियो। साक्षीहरूको अनुसार ती युवतीहरूसँग किताब र कलमहरू थिए भन्ने कुरा मलाई कुनैपनि हालतमा स्वीकार्य नहुने कुरा हो। अर्थात्, उनीहरू स्कुल वा कलेज जाने बाटोमै समातिएका थिए। ती भयानक समयहरूको ’boutमा कुरा भइरहेको छ।
विद्यालय, कलेज र विश्वविद्यालयहरू सबै बन्द छन्। कोही पनि किताब र कपी लिएर बाहिर निस्कने प्रश्नै उठ्दैन। मलाई लाग्छ प्रमाणहरू राम्रोसँग पुष्टि गरिएका छैनन्। यसबाहेक राष्ट्रिय रूपमा पनि हामी अतिकथन मनपराउँछौँ। भारतीय सेनाको गतिविधिलाई कम आँक्ने प्रवृत्ति पनि हामीमा छ। अबको पचास वर्षपछि यदि कसैले बङ्गलादेशमा प्रकाशित स्वतन्त्रता युद्धका उपन्यास र लघुकथाहरू पढेर युद्धलाई बुझ्न चाहन्छ भने उसलाई भारतीय सेनाको ’boutमा केही पनि थाहा हुनेछैन। विदेशी सेनाको विषय हाम्रो कथा उपन्यासमा पूर्णतया अनुपस्थित छन्। लेखकहरूले सोचेका हुन सक्छन्-यसले हाम्रा स्वतन्त्रता सेनानीहरूको गौरवमा आँच पुर्याउँछ। ऋण स्वीका गर्नु अगौरवको विषय होइन। महान् राष्ट्र र महान् मानिसहरू ऋण स्वीकार गर्दछन्। मेरो पुस्तकमा म हाम्रो देशको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने भारतीय सैनिकहरूको सूची दिन चाहन्थेँ ताकि पाठकहरूले यो लामो सूची पढेर एक कुरा मात्र भन्न सकून् – ‘आहा!’ मैले अन्तमा सूची दिइनँ, किनकि यसले पुस्तकको पृष्ठ सङ्ख्या बढाएर अर्को सय पुर्याउने छ। यसबाहेक, यदि यो सूची थपियो भने युद्धका सहिदहरूको सूची, बङ्गलादेशी सेना, तत्कालीन इपिआर (हालको बिडीआर), प्रहरी बल, अन्सार बल र स्वतन्त्रता सेनानीहरूको पनि राख्नु पर्ने बाध्यता हुन्थ्यो। हामीसँग पूर्ण सूची छैन भन्ने सुन्दा तपाई छक्क पर्नुहुनेछ। यो अझै पनि बनिरहेकै छ। तेत्तीस वर्ष पहिले युद्ध समाप्त भएको थियो। तर पनि सूची अझैपनि पूरा भएको छैन। यसको अन्त्य कहिले हुन्छ ? म प्रायः वीरश्रेष्ठको सूची हेर्छु। आउनुहोस्, एउटा सानो सास फेरौँ। यो सूचीमा एक जना पनि सर्वसाधारण स्वतन्त्रता सैनिकहरू छैनन्। तर मलाई थाहा छ र उपाधि दिनेहरूलाई पनि थाहा छ- स्वतन्त्रता सैनिकको रूपमा काम गरेका सर्वसाधारणहरूले असाधारण साहस देखाएका छन्। उनीहरूले युद्धमा प्रशिक्षण वा अनुभव बिना जे गरे त्यसको तुलना गर्न सकिँदैन। तर ती मध्ये कसैलाई पनि मान्यता दिइएको छैन। किन होइन? मेरो यस पुस्तकको एउटा अपूर्णता के हो भने मैले पाकिस्तानी सैनिकहरूद्वारा यातना दिइएका महिलाहरूको मुद्दा उठाउन सकिनँ। यो अति संवेदनशील र अति कठिन छ त्यसैले मैले केही लेख्नै सकिनँ। मलाई आशा छ अरूले यस विषयमन लेख्नुहुनेछ। यी अभागी युवतीहरूको आँसु ती लेखकहरूको कलममा आउनेछन्।
आउनुहोस् आजभन्दा करिब २० वर्ष पहिले एउटा व्यक्तिगत कुरा गरौँ। मेरो जन्मदिनमा गुल्टेकिनले मलाई एउटा खाता उपहार दिएका थिए। स्पाइरल बाइन्डिङ गरिएको पाँच सय पृष्ठ भएको एक नीलो खाता। उनको अनुरोध हरेक दिन एक पृष्ठ लेख्नु थियो। यस खातामा स्वतन्त्रता युद्धको एउटा ठूलो उपन्यास लेखेजस्तो लाग्छ। मैले जीवनभर गुल्टेकिनलाई दुःखी बनाएको छु। मलाई लाग्छ उनी आज खुसी हुनेछन्। परम दयालुले मलाई यो पुस्तक लेख्ने मौका दिनुभएको छ। मेरो ऊ प्रति असीम कृतज्ञता छ। सबै दल, विचार र धर्मभन्दा माथि एक सुखी, सुन्दर बङ्गलादेश। कामना गर्दछु मैले पूर्वाभास समाप्त गरेँ।