नानचिङको बलात्कार

विश्व इतिहासमा घटेका केही महत्त्वपूर्ण घटनाहरूको अन्तर्गत नानचिङको बलात्कार पनि एक महत्त्वपूर्ण घटना हो। आज हामी यस विषयका ’boutमा केही चर्चा गर्दछौँ।

विश्व इतिहासमा नानचिङको बलात्कार वा मुख्य रूपमा नानचिङ हत्याकाण्डलाई इतिहासकै सबैभन्दा क्रूरतापूर्ण तथा मानव जाति माथि गरिएको अत्याचारको चरम सीमा मानिन्छ। युद्धकालीन परिवेशमा गरिएका यी शृङ्खलाबद्ध हत्याका घटनाहरूले शक्ति तथा सत्ताका होडबाजीका लागि कुनैपनि राष्ट्र कुन स्तरसम्म गिर्न सक्छ भनेर बताउँछ। यसलाई विश्व इतिहासको घातक नरसंहारको संज्ञा दिइन्छ।

कहाँ अन्त्य गर्ने मलाई थाहा छैन। यस्तो क्रूरता मैले कहिल्यै सुनेको वा पढेको थिइनँ। बलात्कार! बलात्कार! बलात्कार! हाम्रो अनुमानअनुसार एक रातमा कम्तीमा एक हजार र दिनमा थुप्रै बलात्कारका घटनाहरू हुन्छन्। प्रतिरोध वा अस्वीकृति जस्तो देखिने कुनै पनि खण्डमा छुरा वा गोली चलाइन्छ। बिहान, दिउँसो र साँझ महिलाहरूलाई बोक्ने गरिएको छ। सम्पूर्ण जापानी सेनाहरू आफ्नो इच्छाअनुसार जान-आउन र आफूले चाहेको कुरा गर्न स्वतन्त्र देखिन्छन्।

सन् १९३७ डिसेम्बर १९ का दिन रेभरेन्ड जेम्स एम म्याक्कलमको डायरीमा लेखिए अनुसार

चीनको नानचिङ सहर आठौँ शताब्दी स्थापना भएको र यो देशको पूर्वी आधा भागमा अवस्थित छ। चीनको इतिहास तथा संस्कृतिमा यस सहरको महत्त्वपूर्ण भूमिका रहेको छ भने यस सहरमा थुप्रै घटनाहरू घटेका थिए। यस सहर चीनको प्राथमिक राजधानीको रूपमा रहेको र सन् १९४९ मा बेइजिङको स्थापना भन्दा अगाडिसम्म यो चीनको राजधानी सहर थियो। शक्तिको होडबाजीले अघिदेखिनै पूर्वी एसियाका दुई शक्ति राष्ट्र चीन र जापान लगातार एक अर्कासँग लडिरहेको थियो। उन्नाइसौँ शताब्दीको समयमा जापानमा ठूलो मात्रामा सैन्य शक्तिको विकास भएपछि यो महाशक्तिको रूपमा उदाएको थियो। नानचिङ सहरमा आक्रमण तथा कब्जा गर्नु पूर्व जापानीहरूले चिनियाँहरूको आत्मसमर्पणको लागि उनीहरूको मागको जवाफ पर्खिरहेको समयसीमाभित्र कुनै प्रतिक्रिया प्राप्त नभएको र जनरल इवाने मात्सुईले नानचिङलाई बलपूर्वक कब्जामा लिने आदेश जारी गर्नुअघिको अर्को एक घण्टा पनि उनीहरूले पर्खिएका थिए। त्यसपछि उनीहरूले सहरका विभिन्न ठाउँहरूबाट आक्रमण सुरु गरे। त्यसपछि जे भयो, त्यो निकै अस्तव्यस्तपूर्ण थियो, भारी मात्रामा तोप तथा हवाई हमला। त्यसपछि चिनियाँ जनरल ताङ सेङ-चिले आफ्ना मानिसहरूलाई पछि हट्न आदेश दिए। चिनियाँ राजधानी स्थानान्तरण र जापानी क्रूरताको सुरुवात हुनसाथ अधिकांश नागरिकहरू युद्धको डरले नानचिङबाट भागे जसअन्तर्गत धनी परिवारहरू सबैभन्दा पहिले, त्यसपछि मध्यम वर्गीय मानिसहरू, त्यसपछि गरिबहरूले सहर छाडे जबकि टङ्का माझी जातिहरू जस्ता बेसहारा अतिनिम्न वर्गीय मानिसहरू मात्र पछाडि परे। तीन चौथाइ भन्दा बढी जनसङ्ख्या जापानी सैनिकहरूको आगमन भन्दा पहिले नै नानचिङबाट भाग्न सफल भए। अनियमित हत्या, युद्धकालीन बलात्कार, लुटपाट, आगजनी तथा अन्य युद्ध अपराधमा संलग्न भएको जापानी सेनाद्वारा गरिएको भयानक अत्याचार तीनदेखि छ हप्तासम्म चलिरहेको र पहिलो तीन हप्ता अझ तीव्र रूपमा अघि बढेको थियो। जोन राबे नामक एक जर्मनेली व्यापारी तथा नाजी पार्टीका सदस्यको नेतृत्वमा विदेशी आप्रवासीहरूको एक समूहले नानचिङ सुरक्षा क्षेत्रका लागि १५ सदस्यीय अन्तर्राष्ट्रिय समिति गठन गरी सहरमा नागरिकहरूको सुरक्षाका लागि नानचिङ सुरक्षा क्षेत्रको नक्साङ्कन गरेको थियो।

द्वितीय विश्वयुद्धकालीन परिवेश अन्तर्गत द्वितीय चीन जापना युद्धका क्रममा चीनको तत्कालीन राजधानी नानचिङमा सन् १९३७ अन्त्यतिर लगभग १ लाख ५० हजार जापानी सेनाले चिनियाँ सहर नानचिङ कब्जा गरी त्यसको केही हप्तासम्म सहरमा सुनियोजित रूपमा नरसंहारको योजना बनाई सुखविलासको उद्देश्यले अनिश्चितकालसम्म नानचिङ सहरका चिनियाँ जनताहरूको हत्या र महिलामाथि बलात्कार सुरु गरेका थिए। यस अवधिमा जापानको शाही सेनाले ४० हजार देखि ३ लाख निर्दोष चिनियाँ मानिसहरूको हत्या, व्यापक लुटपाट र महिलामाथि बलात्कार गरेको थियो भने बलात्कृत भएका हजारौँ महिलाहरू हत्या भएको अनुमान गरिन्छ। चिनियाँ लेखिका आइरिस च्याङको पुस्तक नानचिङको बलात्कारमा उल्लेख गरिएअनुसार जापानी सैनिकहरूद्वारा बलात्कृत चिनियाँ महिलाहरूको सङ्ख्या २०,००० देखि ८०,००० सम्म रहेको अनुमान रहेको थियो भने लेखिकाले यसका ’boutमा अत्याचारको सबैभन्दा विस्तृत विवरण लेखेकी छिन्। उक्त पुस्तकमा सबै बलात्कार पीडित महिला नभएर पुरुषहरू पनि रहेको उल्लेख छ। केही चिनियाँ पुरुषहरूलाई यौन शोषण गरी घृणित यौन कार्य गर्न बाध्य पारिएको थियो। जापानी सेनाले परिवारलाई अनैतिक कार्य गर्न जबरजस्ती गरेको विवरणहरू रहेका छन्। छोराहरूलाई जबरजस्ती आमालाई बलात्कार गर्न बाबुले छोरीहरूलाई जबरजस्ती र दाजुभाइले दिदीबहिनीलाई जबरजस्ती करणी गर्न बाध्य बनाइएको थियो। सबै बलात्कारका लागि जिम्मेवार जापानी सेनाहरूलाई सजाय दिनुको सट्टा मध्य चीनमा रहेको जापानी अभियान बलले यस अवधिमा यौन घरहरूको स्थापना गर्न आदेश जारी गरेको थियो। साङ्घाई र नानचिङमा भएको लडाइँ र व्यापक बलात्कारको घटनापछि जापना संयुक्त राज्य अमेरिका र युरोपको आलोचनाबाट डराइरहेको थियो भन्ने तर्क चुओ विश्वविद्यालयका इतिहासका प्रख्यात प्राध्यापक योसिमी योसियाको रहेको छ।

युद्धको क्रममा गरिएका अत्याचार तथा क्रूरतालाई विश्वसामू ल्याउन नदिने उद्देश्यका साथ जापनीहरूले महत्त्वपूर्ण कागजातहरू मध्ये थुप्रैलाई नष्ट गरे भने केहीलाई लुकाए। अगस्ट १५ का दिन युद्धविरामको घोषणा २८ का दिन जापानमा अमेरिकी सेनाको आगमन हुनु पूर्व जापानी सेना र नागरिक अधिकारीहरूले योजनाबद्ध रूपमा सैनिक, नौसैनिक र महत्त्वपूर्ण सरकारी अभिलेखहरू नष्ट गरेर जसमध्ये धेरैजसो युद्धकालीन अवधिका थिए। प्रशान्त र पूर्वी एसियामा रहेका विदेशी सैनिकहरूलाई युद्ध अपराधका प्रमाणहरू नष्ट गर्न आदेश दिइँदा जापानी सेनाको युद्धकालीन प्रमाणहरू लगभग ७० प्रतिशत नष्ट भयो। नरसंहारको यो घटना पत्रपत्रिकामा आएपछि पनि जापानी सेनाको नेतृत्व र सम्राट हिरोहितोविरुद्ध कुनै पनि कारबाही गरिएन। युद्धको अन्त्य पछि पनि यस नरसंहारमा संलग्न अधिकांश सैन्य नेताहरूलाई मुद्दा चलाइएन वा दण्डित गरिएन। पूर्वमा अन्तर्राष्ट्रिय सैन्य अपराध न्यायाधिकरणले युद्ध अपराधका लागि धेरै व्यक्तिलाई सजाय सुनाएको भएतापनि यसको मुख्य योजनाकार जापानी राजकुमार आसाकालाई सजाय दिन सकिएन। यसबाहेक दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गर्नुअघि यससँग सम्बन्धित सबै प्रमाणहरू नष्ट गरिदियो। सन् १९४६ मा टोकियोस्थित अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणका अनुसार उक्त नरसंहारमा दुई लाखभन्दा बढी चिनियाँ मारिएका थिए। सन् १९४७ मा चीनमा स्थापना भएको युद्ध अपराध न्यायाधिकरणका अनुसार तीन लाखभन्दा बढी मानिस मारिएका अनुमान गरेको थियो। जापानी सरकार र त्यस समयमा नानचिङ अभियानमा भाग लिएका धेरै सैनिकहरूले त्यहाँ बलात्कार र लुटपाट जस्ता युद्ध अपराधहरूमा संलग्न भएको स्वीकारेका थिए।

जवाफ लेख्नुहोस्