विकिपिडिया के हो र यसले कसरी काम गर्दछ।

वास्तवमा विकिपिडिया के हो त? र यसले कसरी काम गर्दछ वा यसमा राखिएका सूचनाहरू के वास्तवमै विश्वसनीय हुन्छन् त?

इन्टरनेटका प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गइरहेतापनि धेरैलाई विकिपिडिया के हो भनेर थाहा नहुन सक्छ। नेपालको सन्दर्भमा धेरै इन्टरनेट प्रयोगकर्ताहरूको विकिपिडिया के हो भनेर थाहा छैन, वा सिमित व्यक्तिहरूलाई मात्र थाहा छ। आज हामी विकिपिडियाको ’boutमा केही चर्चा गर्दछौँ।

“यस्तो संसारको कल्पना गर्नुहोस् जहाँ संसारका प्रत्येक व्यक्तिलाई सबै मानव ज्ञानको योगमा निःशुल्क पहुँच दिइएको छ र हामी त्यही गरिरहेका छौँ”। विकिपिडियाका संस्थापक जिम्मी वेल्सको यो भनाइले विकिपिडियाले के गर्दछ भनेर सामान्य अनुमान लगाउन सकिन्छ। विकिपिडिया एक वेबमा आधारित बहुभाषिक खुला ज्ञानकोश हो। विकिपिडिया विकी र पिडिया शब्दको योगबाट बनेको जसमा विकीको अर्थ सबैले सम्पादन गर्ने सक्ने र पिडियाको अर्थ ज्ञानभण्डार वा इन्साइक्लोपिडिया भन्ने हुन्छ। सामन्य अर्थमा भन्नुपर्दा विकिपिडिया जो कोहीले जहाँबाट पनि सम्पादन गर्न सक्ने एक त्यस्तो विश्वकोशको मञ्च हो जहाँ सम्पादकहरूद्वारा सूचनाहरू साइट वा पृष्ठमा राखिन्छ। एक स्वतन्त्र विश्वकोश भएकाले यसलाई थुप्रै व्यक्तिहरूद्वारा सम्पादन गरिन्छ भने यहाँ सम्पादन गर्ने सबै जना स्वयंसेवकहरू हुन्। सम्पादकहरूद्वारा लेखिएको लेख वा प्रविष्ट गरिएको जानकारीलाई इन्टरनेटको पहुँच जो कोहीले पनि सच्याउन, संसोधिन गर्न वा सुधार गर्न सक्दछन्। हाल विकिपिडिया विकिमिडिया फाउन्डेसन नामक एक गैरसरकारी संस्थाद्वारा सञ्चालित छ जसले विकिपिडियाका साथैसाथै यसका भातृ परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ। यसको स्थापन हुनुपूर्व सन् २००० मार्च ९ का दिन जिम्मी वेल्स र ल्यारी स्याङ्गरले नुपिडिया नामक वेब आधारित विश्वकोशको निर्माण गरेका थिए भने त्यसको अर्को वर्ष उनीहरूले विकिपिडियाको सुरुवात गरेका थिए।

कुनैपनि विषयमा ज्ञान हासिल गर्नका लागि वा जानकारी लिनका लागि गरिने अधिकांश इन्टरनेट खोजीहरूले सर्वप्रथम विकिपिडियाका कडीहरूलाई प्राथमिकता दिने गर्दछन्। आफूले जानेका केही ज्ञानमूलक तथ्यहरू प्रकाशन गर्न वा नजानेका कुराहरू सिक्नलाई लागि विकिपिडिया राम्रो माध्यम बन्न सक्छ। त्यस कारणले गर्दा पनि विकिपिडियाको लोकप्रिय बढेको देखिन्छ। संसार भर हुने वा घट्ने विभिन्न घटना, खेलकुद, इतिहास वा अन्य थुप्रै विषयलाई यसले समेटेको छ। विकिपिडियाको सुरुवाती दिनदेखि आजसम्म आइपुग्दा यसले विभिन्न कोशेढुङ्गाहरू पार गर्दै यहाँसम्म आइपुगेको छ। विकिपिडिया हाल सर्वाधिक हेरिने वेबसाइटहरू मध्ये पर्दछ। हालसम्म आइपुग्दा विकिपिडियामा तीनसय भन्दा बढी भाषाहरूमा उपलब्ध छ। जस अन्तर्गत विश्व भाषाका विकिपिडियाहरू समृद्ध वा माथिल्लो स्तरका छन् भने अन्य भाषाका विकिपिडियाहरू विकासोन्मुख छन्। विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनै पनि व्यावसायिक विज्ञापन राखेको छैन। बिना विज्ञापनका सामग्री निशुल्करूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हो। विकिपिडियामा रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी हुन्।विकिपिडियामा बिना कुनै पारिश्रमिक स्वयंसेवीको रूपमा काम गर्नेहरूको सङ्ख्या अहिले दशौँ लाख पुगिसकेको छ। आर्थिक लाभ नहुने र सबै स्वयंसेवकको रूपमा काम गर्ने भएतापनि सम्पादकहरू किन यहाँ किन लागिपरेका छन् भन्ने कुराले जो कोहीलाई पनि अचम्म पार्न सक्छ। तर सबै सम्पादकहरूको एउटै मात्र लक्ष्य हुन्छ, जसरी भएपनि आफ्नो भाषालाई समृद्ध बनाउने र आफ्नो देशलाई राष्ट्रिय स्तरमा चिनाउने। त्यसकारण पनि भाषाको जगेर्ना गर्न वा आफूले जानेका कुराहरूलाई मातृभाषामा लेख्न पाउँदा सम्पादकहरू यसप्रति आकर्षित हुन्छन्।

विकिपिडिया के विश्वसनीय छ त?

इन्टरनेटको माध्यमबाट वेब खोज संयन्त्रद्वारा गरिने खोजीका अधिकांश नतिजाहरूले यदि विकिपिडियामा त्यस विषयमा लेख लेखिएको छ भने सबैभन्दा माथि उक्त नतिजा प्रदर्शित गर्दछ। जसको माध्यमबाट प्रयोगकर्ताले जान्न खोजेको विषय’bout ज्ञान लिन सक्दछ। अनलाइनमा आधारित कयौँ वेबसाइटहरू विकिपिडियाको प्रभावबाट बनेका हुँदा अन्य वेबसाइटहरूको जस्तै विकिपिडियामा पनि पूर्णरूपमा विश्वास गर्न नसकिने केही प्रयोगकर्ताहरू बताउँछन्। तर अन्य एकल सम्पादित वा कुनै कम्पनीद्वारा सञ्चालित यस्ता वेबसाइटहरूमा र विकिपिडिया बीच निकै भिन्नता रहेको छ। विकिपिडियामा यस्ता खाले गतिविधि वा गलत सूचनाहरूलाई प्रविष्ट गर्नबाट रोक लगाउनका लागि पृष्ठहरूलाई सुरक्षित गर्न सकिने बनाइएको हुन्छ भने यहाँ हालसालै के परिवर्तन भइरहेका छन्, ती सबै परिवर्तनहरू पृष्ठ सङ्ग्रह गर्नसाथ हेर्न पाइन्छ जसबाट कसैले गलत सूचना राखिरहेको छ भने उक्त प्रयोगकर्तालाई रोक्न र सूचना हटाउने अधिकार विकिपिडियाका प्रबन्धकहरूलाई हुन्छ। ठूलो मात्रामा सक्रिय प्रयोगकर्ताहरू हुँदै हुँदा यहाँ यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्ने धेरै अनलाइन उपकरणहरू पनि हुने गर्दछन्। यसबाहेक विकिपिडियामा काम विभाजन गर्नका लागि विश्वसनीय प्रयोगकर्ताहरूलाई समुदायको छलफलबाट विभिन्न अधिकारहरू प्रदान गरिन्छन् जसमा स्वगस्ती गर्ने प्रयोगकर्ताले हालसालै परिवर्तित पृष्ठहरू वा अन्य पृष्ठहरूलाई गस्ती गर्ने, ढाँचा सम्पादकले लेख निर्माणका लागि आवश्यक ढाँचाहरूको निर्माण वा अद्यावधिक गर्ने, प्रबन्धक, जसले लेखहरू मेट्ने, प्रयोगकर्तालाई सम्पादन गर्नबाट निषेधित गर्ने, गलत सामग्रीलाई उल्टाउने आदि कार्यहरू समावेश छन्। यी प्रयोगकर्ता उपकरण वा अधिकारहरूले गर्दा यस्ता गलत जानकारीहरूलाई हटाउन निकै सहयोग मिल्दछ भने विकिपिडियाको विश्वव्यापी नितिलाई कसैले उलङ्घन गर्दछ भने उसलाई निषेधित गरिन्छ। कसैको पक्षमा पनि नलागी पक्षपात रहित लेखहरू निर्माण गर्नका लागि विकिपिडियामा आफ्नो ’boutमा लेख लेख्न वा आत्मप्रचार गर्न नपाइने निति छ। समुदायद्वारा पारित निकै महत्वपूर्ण निति तथा प्रतिबन्धहरूले गर्दा गलत सूचनाहरू राख्न साथ त्यसलाई निगरानी गरि हटाइन्छ जसकारण विकिपिडियाले हालसम्म आफ्नो विश्वसनीयलाई रत्तिभर पनि गिर्न दिएको छैन।

जवाफ लेख्नुहोस्